कारोबार


दुई अटो शोमा एलएस अटोका ८८ गाडी बुकिङ

दुई अटो शोमा एलएस अटोका ८८ गाडी बुकिङ

नेपालखबर
भदौ ११, २०८२ बुधबार १४:१, काठमाडौँ

हालै सम्पन्न नाडा र नाइमा अटो शोमा एलएस अटोका ८८ वटा गाडी बुकिङ भएको छ।

बिक्रेता कम्पनी नेक्सन भेन्चरले एक हप्ताको अन्तरालमा भएका यी दुई अटो शोबाट उक्त संख्यामा गाडी बुकिङ भएको जानकारी दिएको हो।

भृकुटीमण्डपमा ‘नाडा अटो शो-२०२५’ भदौको ३ देखि ८ गतेसम्म र ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन २१ गतेदेखि २६ गतेसम्म आयोजना भएको थियो। कम्पनीका अनुसार नाडामा ५१ र नाइमामा ३७ वटा गाडीको बुकिङ भएका छन्।

कम्पनीका महाप्रबन्धक नवीन फुयालले एलएस अटोका गाडी छोटो समयमै यतिका बुकिङ हुनु अपेक्षाभन्दा राम्रो रहेको बताए।

‘यी दुई शोको आयोजना अवधिभर एलएस अटोको स्टलमा अवलोकनकर्ताको आगमन उत्साहपूर्ण रह्यो, यो ब्रान्ड भित्रिएको छोटो समयमै उपभोक्ताको रोजाइमा पर्न सफल भएको पायौँ’, उनले भने।

कम्पनीको अहिले एलईभी-०१ ईभी उपभोक्ताको रोजाइमा पर्दै आएको छ। फुयालले उपभोक्ताले देखाएको एलएस अटोप्रतिको यो मायालाई आगामी दिनमा कायम रहने विश्वास गर्दै स्टलमा भिजिट गर्न आउने सम्पूर्णलाई धन्यवाद व्यक्त गरे । 

स्मार्ट लुक्स र आधुनिक फिचर भएको यो गाडीको मूल्य समेत उचित रहेको छ।

‘एलएस अटोको गाडी उचित रकममा लग्जरी कार खोज्न चाहनेहरूका लागि निकै उपयुक्त गाडी हो, दशैँ–तिहारलक्षित अफर पनि फेरि ल्याउँदै छ, यदि यो गाडी खरिद गर्ने सोचमा हुनुहुन्छ भने तपाईंको त्यो उचित निर्णय हुनसक्छ’, कम्पनीका महाप्रबन्धक नवीन फुयालले भने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad