कारोबार


हुन्डाई क्रेटाको १०औँ वार्षिकोत्सव

हुन्डाई क्रेटाको १०औँ वार्षिकोत्सव

नेपालखबर
भदौ १६, २०८२ सोमबार १८:५, काठमाडौँ

नेपालमा हुन्डाई गाडीहरूको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सेप्टेम्बरमा हुन्डाई क्रेटाको १०औँ  वार्षिकोत्सव मनाएको छ।

नेपालमा सार्वजनिक भएदेखि नै क्रेटा आफ्नो आधुनिक डिजाइन, आरामदायी अनुभव, सुरक्षा र विश्वसनीयताका कारण सबैभन्दा रुचाइएको र विश्वासिलो एसयूभी बन्न सफल भएको कम्पनीको दाबी छ। 

क्रेटाले आफ्नो डिजाइन र उत्कृष्ट प्रस्तुतिमार्फत नेपाली बजारको कम्प्याक्ट एसयूभी सेगमेन्टमा एक छुट्टै पहिचान बनाएको छ।

वर्षौंदेखि यसका विभिन्न मोडल तथा अपग्रेडहरू सार्वजनिक भएका छन् जसले हरेकचोटि पर्फमेन्स र स्टाइलमा नयाँ मापदण्ड स्थापना गरेको छ। 

क्रेटा ईभीको आगमनसँगै यस एसयूभीले आफ्नो नवीन प्रविधिसँग दिगो र वातावरण मैत्री यात्रालाई एक साथ अगाडि बढाएको छ।

अहिलेसम्मको यात्रामा, क्रेटाले नेपालका सडकहरूमा हजारौँ परिवारलाई भरपर्दो साथ र गुणस्तरीय सेवा दिँदै आएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad