कारोबार


बागमती सरकारले ल्याउँदैछ गत वर्षको भन्दा ठूलो आकारको बजेट

बागमती सरकारले ल्याउँदैछ गत वर्षको भन्दा ठूलो आकारको बजेट

फाइल तस्बिर


नेपालखबर
असार १, २०८२ आइतबार ९:४१, हेटाैँडा

बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आज सार्वजनिक गर्दैछ। आइतबार दिउँसो बस्ने प्रदेश सभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ।

जसका लागि आइतबार दिउँसो ३ बजेका लागि प्रदेश सभा बैठक आव्हान गरिएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षको भन्दा करिब डेढ दुई अर्ब बजेटको आकार बढाउने अनुमान गरिएको छ। 

चालु आर्थिक वर्षका लागि बागमती सरकारले ६४ अर्ब ५४ करोड रुपैँया बजेट ल्याएको थियो। आगामी आर्थिक वर्षको बजेट करिब ६६ अर्बको हाराहारीमा रहने प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको स्रोतले जनाएको छ। 

यसअघि मन्त्रालयहरुलाई कुल ५५ अर्बको सिलिङ तोकिएको थियो। मन्त्रीहरुले बजेट कम भएको भन्दै योजना संकलन गर्न नमानेपछि बजेटको आकार बढाउने सहमती भएको बताइएको छ।

प्रदेश सरकारले कृषि, भौतिक पूर्वाधार, उद्यम, रोजगार तथा व्यवसाय लक्षित योजनाहरु ल्याउने तयारी गरेको छ। आज विनियोजन विधेयक सभामा प्रस्तुत भएपछि आर्थिक विधेयक पेस गरी बजेटमाथिको छलफल प्रारम्भ गरिने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad