ad ad

कारोबार


सबै सूचकमा सबैको पत्यारिलो बैंक बन्दै एनआईसी एशिया

सबै सूचकमा सबैको पत्यारिलो बैंक बन्दै एनआईसी एशिया

नेपालखबर
बैशाख ३१, २०७९ शनिबार १८:५२, काठमाडौँ

नेपाल बैंक तथा वित्तीय संस्थाको हिसाबमा धनी देश नै हो। 

नेपाल राष्ट्र बैंकबाट मान्यताप्राप्त बैंक तथा वित्तीय संस्थाको संख्या मात्रै अहिले १ सय २७ पुगेको छ। 

२७ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६५ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन्। बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ११ हजार ३ सय ९८ पुगेको छ। 

ती संख्यामध्ये एनआईसी एशिया बैंकको मात्रै ३ सय ५९ शाखा कार्यालय रहेका छन्। 

नेपालको समग्र वित्तीय पहुँच विस्तार गर्नमा एनआईसी एशिया बैंकको ठूलो भूमिका रहेको यो तथ्याङ्कले पनि पुष्टि गर्छ। 

पछिल्लो समय नेपाली अर्थतन्त्रको बैंक वित्त क्षेत्र स्थायित्वतर्फ गइरहेको र त्यसको लाभ लिनेको वृद्धिदरमा समेत उछाल आएको देखिन्छ। जसमा एनआईसी एशिया बैंकको भूमिका मूल्याङ्कनयोग्य रहेको प्रष्ट हुन्छ नै।

एनआईसी एशिया बैंकको नेपालभरमा ४ सय ७३ एटीएम, १ सय २ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ प्रणाली रहेको देखिन्छ। 

यी सबै संख्या हेर्दा नेपालको बैंकिङ क्षेत्रमा सबैभन्दा ठूलो सञ्जाल एनआईशी एशियाकै देखिएको छ। आव २०७८/७९ को तेस्रो त्रैमासिकसम्ममा ९ लाखभन्दा बढी नयाँ खाताहरू थप गर्दै बैंकले ३७ लाखभन्दा बढी खाताहरूमार्फत ग्राहकमाझ सेवा प्रदान अघि बढाइरहेको बैंकको तथ्याङ्कले देखाउँछ।

बैंकको नेटवर्क सबैभन्दा ठूलो हुँदा सर्वसाधारणलाई सेवा लिनको लागि सहज बनाएको छ। 

मुलुकभर फैलिएका शाखा सञ्जालहरूमार्फत आफ्ना लाखौँ ग्राहकमाझ गतिशील बैंकिङ्ग प्रदान गर्दै आइरहेको एनआईसी एशिया बंैक लिमिटेडले चालू आव२०७८/७९ को तेस्रो त्रैमासिक अवधिको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। जुन वित्तीय विवरणले सर्वसाधारणमाझ आफूलाई विश्वासयोग्य समेत बनाएको छ। 

सबैको पहुँचमा पुगेर सर्वसाधारणमाझ आफ्नो गहिरो छाप छोड्दै गरेको यस बैंकले अब आफू झनै विश्वासयोग्य समेत भएको पुष्टि गरेको हो। 

बैंकले खुद मुनाफातर्फ ३ अर्ब ६० करोड आर्जन गर्न सफल भएकोे छ। जुन वार्षिक विन्दुगत आधारमा २० प्रतिशतको वृद्धि हो।

त्यस्तै स्व–पुँजीमा प्रतिफल २१ दशमलव ४६ प्रतिशत रहेको छ, जुन २७ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ। 

यस बैंकको वार्षिक प्रतिसेयर आम्दानी ४१ दशमलव ९४ रुपैयाँ छ। जुन २७ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ।

यस बैंकले आव २०७८/०७९ को तेस्रो त्रैमासिकसम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम २ खर्ब ७४ अर्ब ७४ करोड पु¥याउन सफल भएको छ।  

पछिल्लो समय बैंकहरुमा तरलताको अभाव कायम छ। जसले बैंकहरुको सीडी रेसियोमा समेत धेरै ठूलो प्रभाव जमाइरहेको छ। तर यस बैंकले संयमतालाई विचार गर्दै अकाफे कर्जा विस्तार गरेको छ। निक्षेपतर्फ कुल निक्षेप संकलन ३ खर्ब २ अर्ब ८१ करोड पु¥याउन बैंक सफल भएको छ ।


 
कोभिड–१९ को विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्क्रिय कर्जालाई तेस्रो त्रैमासिकसम्ममा ० दशमलव ५१ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको देखिएको हो।

यसै त्रैमासिकसम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ। साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरूभन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ ।

बैंकिङ्ग क्षेत्रको विभिन्न वित्तीय तथा गैरवित्तीय सूचकांकहरूमा अग्रणी स्थानमा रहेको यस बैंक आ.व. २०७८/७९ को दोस्रो त्रैमासिकमा कर्जा विस्तार, निक्षेप संकलन, प्रतिसेयर आम्दानी, स्व–पुँजीमा प्रतिफल, ग्राहक संख्या, शाखा संख्या, विस्तारित काउन्टर संख्या, एटीएम संख्या, डेबिट कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ्ग प्रयोगकर्ता र सञ्चालन मुनाफा (कर्जा नोक्सानी व्यवस्थाअघिको) मा मुलुकका अन्य वाणिज्य बैंकहरूमध्ये पहिलो स्थान (ग्राहक संख्यामा निजी बैंकहरुमा पहिलो) ओगट्न सफल भएको थियो। 

त्यति मात्रै नभई बैंकले आफ्नो सेवाहरुलाई समेत सोही गतिमा फराकिलो सर्वसुलभ बनाइरहेको छ। 

जसले देशको सम्पूर्ण युवाहरु समेत यस बैंकमा आकर्षित हुँदै गइरहेको देखिएको छ। 

देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ। 

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १६ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ।

जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौँ ठूलो योगदान रहेको छ। 

सेवा सुविधा थप्दै
एनआईसी एशिया आफ्नो सेवा थप्ने क्रममा सार्वजनिक गरेको मोबाइल बैंकिङमा अत्यन्त आकर्षित भइरहेको छ। यस बैंकको यो सेवा सबैभन्दा धेरै प्रयोग भएको समेत देखिन्छ। 

मोबाइल बैंकिङ प्रणाली हेर्ने हो भने आफूले धेरै कारोबार गर्ने र विश्वसनीय ‘एनआईसी एसिया मोब्यांक’ नामक यस एपमा बढी प्रयोग हुनुको कारणमध्ये प्रमुख कारण बैंकको आफ्नो छाप पनि जोडिन्छ। त्यति मात्रै नभई यस बैंकको एपमा विशेष किसिमका सुविधाहरु समावेश छन्। जसले समेत यसलाई लोकप्रियता बनाउन सहयोग गरेको छ।

एप एक, विशेषता अनेक  
यस एप चलाउन थाल्नेबित्तिकै आफ्नो खातासम्बन्धी धेरैभन्दा धेरै जानकारी र धेरै बैंकिङ कारोबार गर्न सकिने बैंकले जनाएको छ। कारोबारका अलावा बैंकका अनुसार यसबाट धेरै प्रकारका सेवा तथा जानकारी लिन सकिन्छ। 

मोबाइल बैंकिङअन्तर्गत गर्न सकिने प्रमुख कुरा हो अन्तर बैंक रकम स्थानान्तरण। यस एपबाट सहज ढंगबाट स्थानान्तरण गर्न सकिनेछ। 

यस एपबाट खाताको जानकारी पाउन सकिनेछ। बैंक खाता हाल कुन अवस्थामा छ, बैंकमा नपुगीकन यही एपबाटै थाहा पाउन सकिन्छ। आफ्नो ब्यालेन्सको जानकारी स्पष्ट रुपमा हेर्न मिल्ने व्यवस्था छ। यतिमात्रै नभई बैंकले एकाउन्ट स्टेटमेन्टको पूर्ण विवरण यसबाटै पाइने जनाएको छ। 

मोबाइल टपअप, अनलाइन टिकेटिङ युटिलिटी बिल भुक्तानी, क्यूआर भुक्तानीजस्ता महत्वपूर्ण सुविधा प्रदान गरेको छ। 

साथै, बैंकका शाखा तथा एटीएमको स्थान पत्ता लगाउने सुविधा समेत प्रदान गर्छ। बैंकको एप प्रयोग गर्ने व्यक्ति जुनसुकै स्थानमा पुगे पनि यसले यस बैंकको जानकारी पाएर लाभग्राही बन्नसक्छ। 

एपबाटै आईपीओ आवेदन, कार्डविनै पैसा निकाल्न सकिने
विभिन्न कम्पनीहरूले जारी गर्ने प्रारम्भिक सेयर (आईपीओ)मा आवेदन दिने जस्ता महत्त्वपूर्ण सुविधा यस एपबाट लिन सकिन्छ। पछिल्लो समय धेरै व्यक्तिहरु सेयरबजारमा प्रवेश गरिरहेको अवस्थामा यस बैंकले प्रदान गर्ने यस्तो सुविधा एनआईसी एशियाको मो–ब्यांक एपबाट नै पाउनु सेवाग्राहीहरुको लागि थप सुविधा हुनसक्ने देखिएको छ। 

साथै, आईपीओको नतिजा समेत सहजै हेर्न सकिने व्यवस्था यस एपभित्र बैंकले ल्याएको नवीनतम सुविधा हो। 

प्रयोगकर्ताले कार्डविनै एटीएमबाट नगद रकम झिक्न सकिने सुविधा एपमा रहेको ‘कस्टुमर केयर’बाट ग्राहकहरूले आफ्ना समस्या यथाशीघ्र समाधान तथा उनीहरूको जिज्ञासालाई यथोचित सम्बोधन प्राप्त गर्नसक्ने सुविधा समेत प्रदान गरेको छ।

रेमिट्यान्स सुविधा र मुद्दती निक्षेप एपबाटै 
नेपालका अन्य बैंकहरुका एपबाट ग्राहकहरुले खातामा रहेको मौज्दातको जानकारी एवं खाता विवरण सामान्य रुपमा प्राप्त गर्दछन्। तर एनआईसी एशिया मो–ब्यांकका प्रयोगकर्ताले भने उपर्युक्त जानकारीका अलावा एपबाटै आन्तरिक रेमिट्यान्स पठाउने तथा बुझ्ने नवीन सुविधा प्राप्त गर्दछन्।

यसका साथै एपबाट नै मुद्दती निक्षेप खाता खोल्ने सुविधा प्रदान गरिएको छ। यस्तो सेवा एनआईसी एशिया बैंकले नयाँ सुरुवात गरेको हो। बैंकले आफ्नो सेवा सुविधा मात्रै प्रदान गर्ने नभई त्यसमा आएका गुनासाहरु समेत यही एपमा रहेको ‘कस्टुमर केयर’ बाट समेत लिन सकिने व्यवस्था गरेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .