नेपाल स्टक एक्सचेन्ज लिमिटेडले तीनवटा जीवन बीमा कम्पनीको सेयर कारोबार रोक्का गरेको छ।
तीनवटै कम्पनी एकआपसमा गाभिने भएपछि नेप्सेले दोस्रो बजारमा धितोपत्र कारोबार रोक्का गरेको हो।
तीन कम्पनीबीच गत वैशाख २९ मा गाभ्ने–गाभिने समझदारीपत्रमा हस्ताक्षर भएको थियो। सोही प्रयोजनका लागि उनीहरुले दोस्रो बजार कारोबार रोक्का राख्न नेप्सेमा निवेदन दिएका थिए।
सोही निवेदनको आधारमा नेप्सेले तीन कम्पनीको सेयर कारोबार आजदेखि लागू हुने गरी रोक्का राखेको हो।
54
Shares
प्रतिक्रिया