ad ad

कारोबार


लगानी बोर्ड र नबिल बैंकबीच पूर्वाधार विकासमा सहकार्य गर्ने सम्झौता

लगानी बोर्ड र नबिल बैंकबीच पूर्वाधार विकासमा सहकार्य गर्ने सम्झौता

नेपालखबर
जेठ ४, २०७९ बुधबार १८:९, काठमाडौँ

लगानी बोर्ड र नबिल बैंकबीच पूर्वाधार विकासको लागि रणनीतिक योजनामा सम्झौता भएको छ।

बुधवार काठमाडौंमा एक कार्यक्रमका बीच बोर्ड र बैंकबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो। 

पूर्वाधार विकासको लागि रणनीतिक योजना सहमतिपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले हस्ताक्षर गरेका छन्। 

उनले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले २०६८ सालमा प्रधानमन्त्री बनेको बेला अर्थात् १० वर्ष अगाडि लगानी बोर्ड स्थापना गर्न भिजन बनाएको बताए। शाहले लगानीकर्तालाई एउटै ठाउँबाट सबै सेवा दिन योजना बनाएर पनि बोर्ड बस्ने अफिस समेत नपाएको अनुभव सुनाए। 

तर अहिले यही बोर्डसँग पूर्वाधार निर्माणको लागि सहकार्य गर्न पाउँदा खुसी लागेको उनको भनाइ छ। उनले लगानी बोर्डले १० वर्षमा २७ वटा परियोजनामा ८ खर्ब ३३ अर्ब लगानीको लागि स्वीकृति दिएको बताए। 

बोर्डले मुख्य रुपमा जलविद्युतमा गरेको लगानी सफल भएकाले अब नेपालमा विद्युत उत्पादन बढाएर उत्पादित विद्युत भारतमा १०० मेगावाट बेच्न सकेमात्रै पनि अर्थतन्त्रको मुहार फेरिने दाबी गरे।

उनले भने, ‘विगत ३७ वर्षदेखि काम गर्दै आएका छौँ। लगानी बोर्डसँग सम्झौता गर्न पाउँदा खुसी छौँ। त्यो दिन जब सम्झन्छु पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग पहिलो कुरा भएको थियो । के गर्नुपर्ला शाहज्यू भन्नुभएको थियो । मलाई पनि बोर्डमा बस्न आग्रह गर्नुभयो। म बसेँ । त्यो बेलाको दिन सम्झन्छु । पहिलो बैठकमा पूरा मिटिङ अफिस कसरी स्थापना गर्ने भन्नेमा गएको थियो। सबैका विभिन्न आइडियाहरु रहेका थिए । पछि हामीबीच कुरा गर्दा एउटा अफिस स्थापना गर्न यति गाह्रो छ।’ 

शाहले यो देशमा लगानी कसरी ल्याउँला भन्ने चिन्ता त्यतिबेला रहेको बताए। १० वर्षभन्दा बढीको अवधिमा बोर्ड अहिले अन्तर्राष्ट्रिय स्तरको बनेको बताए। 

‘अहिले एउटा लक्ष्य लिएर हिँडेका छौँ, लक्ष्यमा हामी पुग्छौं। पूर्वाधारमा लगानी नबिल बैंकले कुराले नभएर कामले गरेको छ । पूर्वाधार निर्माण गर्न टे«डिङ जस्तो आज ल्यायो भोलि बेच्यो पूर्वाधार निर्माण गर्न धैर्यता चाहिन्छ । नेपाललमा उत्पादन भएको विद्युत १०० मेगावाट मात्रै भारतमा बेच्न सक्यौँ भने नेपालको अर्थतन्त्रको मुहार फेरिन्छ । धेरै समय लाग्दैन दक्षिण एशियामा धेरै डलरमा आम्दानी गर्न सक्छौँ’, उनले भने। 

त्यस्तै, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले ठूला पूर्वाधार निर्माण नै देशको आर्थिक सामाजिक विकासको लागि मुख्य फाउण्डेसन भएको बताए।

उनले भने, ‘देशको आर्थिक सामाजिक विकासको लागि ठूला पूर्वाधार भनेको एउटा फाउण्डेसन हो । लगानी बोर्डमा कार्यान्वयन तहमा पुगेको ४ वटा परियोजनाहरुको अनुमानित लागत ३ खर्बको रहेको छ । त्यो लगानी रियलाइज हुन्छ । समय भने कुर्नपर्छ । ठूला पूर्वाधार निर्माण गर्नको लागि विभिन्न चरणहरु पार गर्नुपर्ने हुन्छ।’

प्रमुख कार्यकारी अधिकृत भट्टले लगानी बोर्डमा कार्यान्वयन तहमा पुगेको ४ वटा परियोजनाहरुको अनुमानित लागत ३ खर्बको रहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .