ad ad

कारोबार


बैंकहरुसँग ४५ खर्ब ६३ अर्ब पैसा, निजी क्षेत्रमा बढ्दै छ ऋण प्रवाह

बैंकहरुसँग ४५ खर्ब ६३ अर्ब पैसा, निजी क्षेत्रमा बढ्दै छ ऋण प्रवाह

नेपालखबर
मंसिर ८, २०७९ बिहिबार १८:३७, काठमाडौँ

पछिल्लो समय बैंकहरुको लगानीयोग्य पैसामा केही सहज हुनथालेको छ। हरेक बैंकहरुमा संकलन हुने निक्षेपमा वृद्धि भइरहेको छ। 

समग्र बैंक तथा वित्तीय संस्थाहरुको अवस्था हेर्ने हो भने पनि दैनिक अर्बभन्दा बढी रकम निक्षेप वृद्धि भइरहेको छ।

मंगलबारसम्ममा २६ वटा वाणिज्य बैंकको निक्षेप संकलन ४५ खर्ब ६२ अर्ब रुपैयाँ रहेकोमा एकैदिन १ अर्ब बढेर बुधबार ४५ खर्ब ६३ अर्ब पुगेको हो। 

चालू आर्थिक वर्ष सुरु भएदेखि यताको समय हेर्दा अहिलेसम्म तरलतामा सहज स्थिति अहिले देखिएको छ। 

नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्क हेर्ने हो भने वाणिज्य बैंकहरुमा असार मसान्तमा ४५ खर्ब ४१ अर्ब रहेको थियो।

साउन मसान्तमा ४४ खर्ब ३३ अर्ब, भदौ मसान्तमा ४४ खर्ब ८५ अर्ब, असोज मसान्तमा ४५ खर्ब ४७ अर्ब र अहिले कात्तिम मसान्तसम्म आइपुग्दा ४५ खर्ब ६३ अर्ब रुपैयाँ वाणिज्य बैंकहरुको निक्षेप कायम भएको देखिएको हो। 

यसरी हेर्दा चालू आर्थिक वर्षको अहिलेसम्म उच्च निक्षेप संकलन भएको छ। 

कात्तिक मसान्तसम्ममा कुन बैंकसँग कति पैसा?

  • कृषि विकास बैंक : १ खर्ब ६६ अर्ब
  • बैंक अफ काठमाण्डु : १ खर्ब ११ अर्ब
  • सेन्चुरी बैंक : ९६ अर्ब 
  • सिटिजन्स बैंक : १ खर्ब ५६ अर्ब 
  • सिभिल बैंक : ९४ अर्ब 
  • एभरेष्ट बैंक : १ खर्ब ७५ अर्ब
  • ग्लोबल आईएमई बैंक : २ खर्ब ८८ अर्ब 
  • हिमालयन बैंक : १ खर्ब ७४ अर्ब 
  • कुमारी बैंक : १ खर्ब ७८ अर्ब 
  • लक्ष्मी बैंक : १ खर्ब ४१ अर्ब
  • माछापुच्छ्रे बैंक :  १ खर्ब ४६ अर्ब
  • मेगा बैंक : १ खर्ब ५७ अर्ब 
  • नबिल बैंक : ३ खर्ब ४० अर्ब 
  • नेपाल बैंक : १ खर्ब ९९ अर्ब 
  • एनसीसी : १ खर्ब २७ अर्ब
  • नेपाल इन्भेष्टमेन्ट बैंक : १ खर्ब ८८ अर्ब 
  • एनआईसी एसिया : ३ खर्ब ५ अर्ब 
  • एनएमबी बैंक : १ खर्ब ८४ अर्ब 
  • एसबीआई बैंक : १ खर्ब ३१ अर्ब
  • प्रभु बैंक : १ खर्ब ७२ अर्ब 
  • प्राइम बैंक : १ खर्ब ६० अर्ब 
  • राष्ट्रिय वाणिज्य बैंक : २ खर्ब ६७ अर्ब 
  • सानिमा बैंक : १ खर्ब ५९ अर्ब 
  • सिद्धार्थ बैंक : २ खर्ब 
  • स्ट्याण्डर्ड चार्टर्ड बैंक : १ खर्ब १० अर्ब 
  • सनराइज बैंक : १ खर्ब २८ अर्ब 

निजी क्षेत्रमा बढ्यो ऋण प्रवाह, अन्त कति जाँदै छ? 
राष्ट बैंकका अनुसार साउन, भदौ र असोजमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.३ प्रतिशतले बढेको छ। 

असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ६.४ प्रतिशतले बढेको छ। 

२०७९ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.९ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.१ प्रतिशत रहेको छ। 

यो अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १.२ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह २.६ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ०.३ प्रतिशतले बढेको छ। 

२०७९ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.७ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १२.२ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु)को धितोमा प्रवाह भएको छ। २०७८ असोज मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.६ प्रतिशत र १२.३ प्रतिशत रहेको थियो। 

आर्थिक वर्ष २०७९/०८० को तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ५.६ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.९ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २.८ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २.२ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा प्रवाह १.७ प्रतिशतले र कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.८ प्रतिशतले बढेको छ। 

यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ४.२ प्रतिशतले, ओभरड्राफ्ट कर्जा ४.८ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा २.८ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा ३.० प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) २.७ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा १.५ प्रतिशतले र मार्जिन प्रकृति कर्जा ५.२ प्रतिशतले घटेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .