कारोबार


कृषि, ऊर्जा र साना व्यवसायमा कस्तो छ बैंकहरूको लगानी? (विवरणसहित)

कृषि, ऊर्जा र साना व्यवसायमा कस्तो छ बैंकहरूको लगानी? (विवरणसहित)

धान रोपाइँ।


नेपालखबर
मंसिर २७, २०७९ मंगलबार ११:१५, काठमाडौँ

नेपाल राष्ट्र बैंकले बैंकहरूले तोकिएको क्षेत्रमा निश्चित प्रतिशत कर्जा लगानी गर्नैपर्ने व्यवस्था गरेको छ। 

कृषि, साना तथा मझौला व्यवसाय, ऊर्जाजस्ता क्षेत्र नै छुट्याएर उसले बैंकहरुलाई निश्चित लगानी गर्नुपर्ने व्यवस्था गरिदिएको हो। तर तोकिएको क्षेत्रमा बैंकहरूले लगानी गरे पनि मापदण्डअनुसार भने अझै नभएको देखिएको छ। 

बैंकहरूले प्राथमिक क्षेत्रमा गर्नुपर्ने अनिवार्य लगानी व्यवस्थाअनुसार कृषि क्षेत्रमा २०८२ असार मसान्तसम्म १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्छ। यसअघि २०८० असार मसान्तसम्म १५ प्रतिशत पुर्याउनुपर्ने अवधि तोकिएको थियो। त्यसलाई गत वर्ष संशोधन गरिएको हो। 

त्यस्तै जलविद्युत् क्षेत्रमा २०८२ असार मसान्तसम्म १० प्रतिशत कर्जा प्रवाह गर्नुपर्छ। यसअघि २०८१ को असार मसान्तमै यो लक्ष्य पूरा गर्नुपर्ने व्यवस्था गरिएको थियो। गत वर्ष यो व्यवस्थालाई समेत संशोधन गरिएको थियो। 

केन्द्रीय बैंकले १ करोडभन्दा कम रकमका घरेलु, साना तथा मझौला उद्यममा १५ प्रतिशत कर्जा पुर्याउने नीति लिएको छ। तर यसअनुसार तोकिएका क्षेत्रमा बैंकको लगानी धेरै कम देखिएको छ। 

तोकिएको प्राथमिकताअनुसार बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्दा प्राथमिकताका क्षेत्रमा ४० प्रतिशत लगानी गर्नुपर्छ। तर अधिकांश बैंक तथा वित्तीय संस्थाको लगानी तोकिएभन्दा कम छ। उक्त मापदण्ड पूरा गर्न अझै केही समय बाँकी रहे पनि चालू आर्थिक वर्षको त्रैमासिक विवरणअनुसार तोकिएको क्षेत्रमा मापदण्डअनुसार कर्जा प्रवाह नभएको देखिन्छ।

कुन बैंकको कति छ कर्जा लगानी?
चालू आर्थिक वर्षको तीन महिनाको विवरणअनुसार नेपाल बैंकले कृषिमा १२ दशमलव ०५ प्रतिशत, साना र मझौला व्यवसायमा १९ दशमलव ४९ प्रतिशत र जलविद्युतमा ६ दशमलव १९ प्रतिशत लगानी गरेको छ। 

यता राष्ट्रिय वाणिज्य बैंकको कृषिमा १२ प्रतिशत, जलविद्युतमा ६ दशमलव ५६ र साना मझौला व्यवसायमा १८ दशमलव १४ प्रतिशत कर्जा प्रवाह भएको छ। कृषि विकास बैंकको कृषिमा ३० दशमलव ०९ प्रतिशत, जलविद्युतमा ४ दशमलव ७० प्रतिशत र साना व्यवसायमा २३ दशमलव ९४ प्रतिशत रहेको छ।

नबिल बैंकले कृषिमा ११ दशमलव २९ प्रतिशत, जलविद्युतमा ५ दशमलव ९३,  साना मझौलामा २२ दशमलव १८ प्रतिशत कर्जा प्रवाह गरेको छ। 

नेपाल इन्भेष्टमेन्ट बैंकले कृषिमा १० दशमलव ३० प्रतिशत जलविद्युतमा ८ दशमलव ४७ प्रतिशत र साना मझौला व्यवसायमा ३ दशमलव ६६ प्रतिशत  कर्जा प्रवाह गरेको छ। 

स्ट्यान्डर्ड चार्टर्ड बैंकले कृषिमा १० दशमलव ६१ प्रतिशत, जलविद्युतमा ६ दशमलव २९ र साना मझौला व्यवसायमा १ दशमलव ९३ प्रतिशत कर्जा प्रवाह गरेको छ। 

हिमालयन बैंकले कृषिमा १८ दशमलव ७९ प्रतिशत जलविद्युतमा २ दशमलव ६१ प्रतिशत र साना मझौला व्यवसायमा १ दशमलव ५२ प्रतिशत प्रवाह गरेको छ। 

नेपाल एसबीआई बैंकको कृषिमा १३ दशमलव ०४ प्रतिशत, जलविद्युतमा ६ दशमलव ११ प्रतिशत र साना मझौला व्यवसायमा ६ दशमलव ७६ प्रतिशत प्रवाह भएको छ।  

एभरेष्ट बैंकले कृषि क्षेत्रमा ९ दशमलव ८० प्रतिशत, जलविद्युतमा ६ दशमलव ०३ प्रतिशत र साना मझौला व्यवसायमा ७ दशमलव ७१ प्रतिशत कर्जा प्रवाह भएको छ।  

बैंक आफ काठमाण्डुले कृषिमा ९ दशमलव ४० प्रतिशत, जलविद्युतमा ५ दशमलव ४३ प्रतिशत र साना मझौला व्यवसायमा ८ दशमलव ३७ प्रतिशत कर्जा लगानी गरेको छ।  

यता एनसीसी बैंकबाट कृषिमा १३ प्रतिशत जलविद्युतमा ३ दशमलव १५ प्रतिशत र साना मझौला व्यवसायमा १० दशमलव ०८ प्रतिशत प्रवाह भएको छ भने एनआईसी एसिया बैंकले कृषिमा ११ दशमलव ०८ प्रतिशत, जलविद्युतमा १ दशमलव ४० प्रतिशत र साना मझौला व्यवसायमा ११ दशमलव १४ प्रतिशत प्रवाह गरेको छ। 

माछापुच्छ्रे बैंकले कृषिमा १० दशमलव ७६  प्रतिशत, जलविद्युतमा ५ दशमलव २७ प्रतिशत र साना तथा मझौला व्यवसायमा ८ दशमलव ९२ प्रतिशत कर्जा प्रवाह गरेको छ। 

त्यस्तै कुमारी बैंकले कृषिमा ९ दशमलव ९२ प्रतिशत, जलविद्युतमा ६ दशमलव १६ प्रतिशत र साना तथा मझौला व्यवसायमा १० दशमलव ०२ प्रतिशत कर्जा प्रवाह गरेको छ। 

लक्ष्मी बैंकबाट कृषिमा ९ दशमलव ९७ प्रतिशत, जलविद्युतमा ५ दशमलव ६५ प्रतिशत र साना तथा मझौला व्यवसायमा ५ दशमलव ८१ प्रतिशत कर्जा प्रवाह भएको छ। 

सिद्धार्थ बैंकले कृषिमा ११ दशमलव, जलविद्युतमा ५ दशमलव ५९ प्रतिशत र साना तथा मझौला व्यवसायमा ८ प्रतिशत कर्जा प्रवाह गर्दा ग्लोबल आईएमई बैंकले कृषिमा १० दशमलव ५७ प्रतिशत, जलविद्युतमा ६ दशमलव ६४ प्रतिशत र साना तथा मझौला व्यवसायमा ८ दशमलव ८२ प्रतिशत कर्जा प्रवाह गरेको छ। 

सिटिजन्स बैंकले कृषि क्षेत्रमा १२ दशमलव २७ प्रतिशत, जलविद्युतमा ६ दशमलव ४८ प्रतिशत र साना मझौला व्यवसायमा ११ दशमलव ४६ प्रतिशत कर्जा प्रवाह गरेको छ। 

प्राइम बैंक लिमिटेडले कृषिमा १० दशमलव ८१ प्रतिशत, जलविद्युतमा ५ दशमलव ८५ प्रतिशत र साना तथा मझौला व्यवसायमा ८ दशमलव ११ प्रतिशत कर्जा प्रवाह गर्दा सनराइज बैंकबाट कृषि क्षेत्रमा १२ दशमलव ४८ प्रतिशत, जलविद्युत क्षेत्रमा ७ दशमलव ६३ प्रतिशत र साना तथा मझौला व्यवसायमा ११ दशमलव ३० प्रतिशत कर्जा प्रवाह भएको छ। 

एनएमबी बैंकबाट १२ दशमलव १० प्रतिशत, जलविद्युत क्षेत्रमा ८ दशमलव ३२ प्रतिशत र साना तथा मझौला व्यवसायमा ११ दशमलव ०२ प्रतिशत कर्जा प्रवाह भएको छ।

त्यस्तै, प्रभु बैंकले कृषिमा ११ दशमलव ४८ प्रतिशत, जलविद्युतमा ५ दशमलव २२ प्रतिशत र साना तथा मझौला व्यवसायमा ४ दशमलव ४८ प्रतिशत कर्जा प्रवाह गरेको छ। 

मेगा बैंकले कृषि क्षेत्रमा १२ दशमलव २१ प्रतिशत जलविद्युतमा ५ दशमलव ०६ प्रतिशत र साना तथा मझौला व्यवसायमा १० दशमलव ६६ प्रतिशत कर्जा प्रवाह गरेको छ। 

सिभिल बैंकबाट कृषि क्षेत्रमा ११ दशमलव ३२ प्रतिशत, जलविद्युत क्षेत्रमा ६ दशमलव ३२ प्रतिशत र साना तथा मझौला व्यवसायमा ८ दशमलव २० प्रतिशत कर्जा प्रवह भएको छ भने सेन्चुरी बैंकले कृषि क्षेत्रमा ९ दशमलव ८४ प्रतिशत, जलविद्युत क्षेत्रमा ७ दशमलव ३७ प्रतिशत र साना तथा मझौला व्यवसायमा ६ दशमलव ४१ प्रतिशत कर्जा प्रवाह गरेको छ। 

सानिमा बैंकले कृषिमा १२ दशमलव ८५ प्रतिशत, जलविद्युत क्षेत्रमा १० दशमलव ०६ प्रतिशत र साना तथा मझौला व्यवसायमा ६ दशमलव ७२ प्रतिशत कर्जा प्रवाह गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .