कारोबार


विकास बैंकहरूको छ महिने नाफा साढे २ अर्ब, नारायणी डेभलपमेन्ट घाटामा

विकास बैंकहरूको छ महिने नाफा साढे २ अर्ब, नारायणी डेभलपमेन्ट घाटामा

नेपालखबर
माघ ९, २०७९ सोमबार १०:४९, काठमाडौँ

चालू आर्थिक वर्ष २०७९/०८० को दोस्रो त्रैमासिकसम्म विकास बैंकहरूले साढे २ अर्ब बढी नाफा गरेका छन्। 

पुस मसान्तसम्ममा १४ विकास बैंकले २ अर्ब ६३ लाख रुपैयाँ नाफा गरेका हुन्। 

नेपालमा क्षेत्रीय र राष्ट्रिय समेत गरी कुल १७ वटा विकास बैंक रहेका छन्। 

वित्तीय विवरण सार्वजनिक गर्ने १४ मध्ये ४ बैंकले नाफा बढाउन  सफल भएका छन् भने नारायणी डेभलपमेन्ट बैंक घाटामा छ। अन्य विकास बैंकको नाफामा गिरावट देखिएको छ। 

दोस्रो त्रैमासिकमा कर्णाली डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, मुक्तिनाथ र गरिमा विकास बैंकले नाफा बढाएका छन्। 

पुस मसान्तसम्म नारायणी डेभलपमेन्ट बैंक घाटामा छ। बैंक १ करोड ६६ लाख घाटामा रहेको छ।

कुनको नाफाघाटा कति? 
लुम्बिनी विकास बैंक

लुम्बिनी विकास बैंकले पुस मसान्तसम्म २६ करोड १० लाख नाफा गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले ३५ करोड १७ लाख नाफा गरेको थियो। गत वर्षको तुलनामा चालू आवको दोस्रो त्रैमासिकमा बैंकको नाफा घटेको छ। 

कर्णाली डेभलपमेन्ट बैंक
कर्णाली डेभलपमेन्ट बैंक पुससम्ममा १ करोड ६३ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्ष यसै अवधिमा बैंक १ करोड ६३ लाख घाटामा थियो। गत वर्ष घाटामा रहेको बैंकले १ करोड ६३ लाख नाफा गरेको छ। 

ग्रीन डेभलपमेन्ट बैंक
ग्रीन डेभलपमेन्ट बैंक २८ लाख २९ हजार नाफा गरेको छ। गत वर्ष यसै अवधिमा बैंकले १८ लाख ५ हजार रुपैयाँ नाफा गरेको थियो। गत वर्षको तुलनाम बैंकको नाफा भने बढेको छ। 

ज्योति विकास बैंक
ज्योति विकास बैंकले पुस मसान्तमा ३ करोड ४७ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्ष यसै अवधिमा बैंकले ३४ करोड ४० लाख नाफा गरेको थियो। अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा उच्च घटेको छ। 

कर्पोरेट डेभलपमेन्ट बैंक
बैंकले पुस मसान्तमा ११ लाख ७४ हजार रुपैयाँ नाफा गरेको छ। बैंकले गत वर्ष सोही अवधिमा ३० लाख ९९ हजार नाफा गरेको थियो। गत वर्षको तुलनामा यस अवधिमा बैंकको नाफा घटेको छ। 

सिन्धु डेभलपमेन्ट बैंक 
बैंकले पुस मसान्तमा १ करोड ८७ लाख घाटामा छ। गत वर्ष यसै अवधिमा बैंकले ३ करोड ५५ लाख नाफा गरेको थियो। 

साइन रेसुंगा डेभलपमेन्ट बैंक 
बैंकले पुस मसान्तसम्म ४२ करोड ९६ लाख नाफा गरेको छ। बैंकले गत वर्ष यसै अवधिमा ३४ करोड ८८ लाख नाफा गरेको थियो। गत वर्षको तुलनामा बैंकको नाफा बढेको हो। 

मुक्तिनाथ विकास बैंक 
बैंकले पुस मसान्तमा ६२ करोड ६२ लाख नाफा गरेको छ। गत वर्ष यसै अवधिमा बैंकले ६० करोड २४ लाख नाफा गरेको थियो। गत वर्षको तुलनामा बैंककोे नाफा बढेको छ।

मितेरी डेभलपमेन्ट बैंक 
बैंकले पुस मसान्तसम्म ५ करोड ९० लाख नाफा गरेको छ। गत वर्ष यसै अवधिमा बैंकले ६ करोड ८० लाख नाफा गरेको थियो। गत वर्षको तुलनामा बैंकको नाफा घटेको छ। 

गरिमा विकास बैंक 
बैंकले पुमसान्तसम्ममा ५० करोड ५२ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्ष यसै अवधिमा बैंकले ४९ करोड २९ लाख रुपैयाँ नाफा गरेको थियो। गत वर्षको तुलनामा बैंकको नाफा बढेको छ। 

कामना सेवा विकास बैंक 
बैंकले पुस मसान्तसम्ममा १९ करोड ५८ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्ष यसै अवधिमा बैंकले ३४ करोड ३६ लाख रुपैयाँ गरेको थियो। 

सांग्रिला डेभलपमेन्ट बैंक 
बैंकले पसुस मसान्तसम्मा १६ करोड ६५ लाख रुपैयाँ नाफा गरेको छ। बैंकले गत वर्ष यसै अवधिमा २६ करोड १८ लाख रुपैयाँ नाफा गरेको थियो। 

महालक्ष्मी विकास बैंक 
बैंकले पुस मसान्तसम्म ३१ करोड ६० लाख रुपैयाँ नाफा गरेको छ। गत वर्ष यसै अवधिमा बैंकले ४५ करोड ६२ लाख रुपैयाँ गरेको थियो। 

सालपा विकास बैंक, एक्ससेल डेभलपमेन्ट बैंक र कर्पोरेट डेलपमेन्ट बैंकले दोस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेका छैनन्। 

गत वर्षको तुलनामा यो वर्ष अधिकांश बैंकको नाफा घटेको छ। बैंकहरुसँग लगानी योग्य रकम (तरलता)को अभाव हुँदा आक्रामक रुपमा व्यवसाय गर्न नसक्दा अधिकांश बैंकको नाफा घटेको देखिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .