नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत लघुवित्त कम्पनीमध्ये हालसम्म ३७ वटाले आर्थिक वर्ष २०७८/७९ को लाभांश घोषणा गरेका छन्।
नौवटा लघुवित्तको साधारणसभाले लाभांश प्रस्ताव समेत पारित गरिसकेको छ। त्यसैगरी ४ लघुवित्तले बुक क्लोज मिति तय गरेका छन्।
समता घरेलु लघुवित्त, आदर्श लघुवित्त, नाडेप लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, उपकार लघुवित्त, सिभिल लघुवित्त, सबैको लघुवित्त, स्वावलम्बन लघुवित्त, नेशनल माइक्रोफाइनान्स लघुवित्त, कालिका लघुवित्त, ग्लोबल आएमई लघुवित्त, लक्ष्मी लघुवित्त, इन्फिनिटी लघुवित्त, सपोर्ट लघुवित्त र नयाँ सारथि लघुवित्तले लाभांश घोषणा गरेका छन्।
साथै, मिथिला लघुवित्त, स्वाभिमान लघुवित्त, छिमेक लघुवित्त, एनएमबी लघुवित्त, स्वरोजगार लघुवित्त, डिप्रोस्क लघुवित्त, महुली लघुवित्त, महिला लघुवित्त, निर्धन लघुवित्त, आँधिखोला लघुवित्त, सीवाईसी लघुवित्त, साधना लघुवित्त, मिर्मिरे लघुवित्त, नेरुडे लघुवित्त, मेरो माइक्रोफाइनान्स, फरवार्ड माइक्रोफाइनान्स, गुराँस लघुवित्त, आरएसडीसी लघुवित्त, साना किसान लघुवित्त, फर्स्ट माइक्रो फाइनान्स, आरएमडीसी लघुवित्त र जाल्पा लघुवित्तले उक्त आवको मुनाफाबाट लगानीकर्ताका लागि लाभांश प्रस्ताव गरेका हुन्।
कुनको कति लाभांश प्रस्ताव?
यी ३७ लघुवित्त कम्पनीमध्ये सबैभन्दा धेरै लाभांश जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले दिने भएको छ।
कम्पनीले आव २०७८/७९ को मुनाफाबाट ७६.८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको ७३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.८४ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो।
त्यस्तै आरएमडीसी र साना किसान लघुवित्तले २७.३७ प्रतिशत, डिप्रोक्स लघुवित्तले २१.०५ प्रतिशत, महुली लघुवित्तले २५ प्रतिशत, स्वरोजगारले २३.१५ प्रतिशत, एनएमबि लघुवित्तले १०.५२ प्रतिशत र छिमेक लघुवित्तले २५.२६ प्रतिशत घोषणा गरेका छन्।
स्वाभिमान लघुवित्तले २१.०५ प्रतिशत, नयाँ सारथिले २० प्रतिशत, सपोर्ट लघुवित्तले ११.५८ प्रतिशत, लक्ष्मी, ग्लोबल आईएमई र कालिका लघुवित्तले २० प्रतिशत, नेशनल माइक्रोफाइनान्सले ३८.५ प्रतिशत, स्वाभिमान लघुवित्तले २१.०५ प्रतिशत, सबैको लघुवित्तले १८.९५ प्रतिशत, सिभिल लघुवित्तले ११.५८ प्रतिशत, उपकार लघुवित्तले ६५ प्रतिशत, मनकामना लघुवित्तले ५ प्रतिशत, नाडेप लघुवित्तले १०.५२ प्रतिशत र आर्दश लघुवित्तले २१.०५ प्रतिशत र समता घरेलु लघुवित्तले १८ प्रतिशत लाभांश घोषणा गरेका छन्।
कुन–कुनको बुक क्लोज तय?
लाभांश घोषणामध्येका चार लघुवित्तले बुक क्लोज मिति तय गरेका छन्।
इन्फिनिटी लघुवित्त, मिथिला लघुवित्त, महिला लघुवित्त र निर्धन उत्थान लघुवित्तले बुक क्लोज मिति तय गरेका छन्।
आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट इन्फिनिटी लघुवित्तले २० प्रतिशत, मिथिला लघुवित्तले १५.७८ प्रतिशत, महिला लघुवित्तले ५० प्रतिशत र निर्धन उत्थान लघुवित्तले २० प्रतिशत लाभांश घोषणा गरेका छन्।
इन्फिनिटी लघुवित्तले फागुन २ गते, मिथिला लघुवित्तले फागुन ५ महिला लघुवित्तले फागुन २ र निर्धन उत्थान लघुवित्तले फागुन ५ गते बुक क्लोज मिति तोकेका छन्। अर्थात् बुक क्लोज तय गरेका चार कम्पनीको बुक क्लोजको अघिल्लो दिन सेयर खरिद गर्दा लगानीकर्ताले लाभांश पाउनेछन्।
१० लघुवित्त जसले बुक क्लोज गरिसके
गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका १० लघुवित्तले बुक क्लोज गरिसकेका छन्।
आरएसडीसी, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, गुराँस लघुवित्त, फरवार्ड लघुवित्त, मेरो माइक्रोफाइनान्स लघुवित्त, नेरुडे लघुवित्त, मिर्मिरे लघुवित्त, साधना लघुवित्त, सीवाईसी लघुवित्त र आँधिखोला लघुवित्तले बुक क्लोज गरिसकेका हुन्।
९ लघुवित्तको लाभांश पारित
आरएसडीसी लघुवित्त, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, गुराँस लघुवित्त, फरवार्ड लघुवित्त, मेरो माइक्रोफाइनान्स लघुवित्त, नेरुडे लघुवित्त, मिर्मिरे लघुवित्त, साधना लघुवित्त, सीवाईसी लघुवित्त र आँधिखोला लघुवित्तको साधारण सभाले लाभांश प्रस्ताव पारित गरिसकेका छन्।
प्रतिक्रिया