ad ad

कारोबार


विदेशबाट आएको पैसा मुद्दती निक्षेपमा राखे थप १ प्रतिशत ब्याज पाइने

विदेशबाट आएको पैसा मुद्दती निक्षेपमा राखे थप १ प्रतिशत ब्याज पाइने

नेपालखबर
फागुन १२, २०७९ शुक्रबार १४:४२, काठमाडौँ

वैदेशिक रोजगारीमा रहेका नेपालीले परिवारको नाममा पठाएको विप्रेषण रकम (रेमिट्यान्स)लाई मुद्दती निक्षेप राखे न्यूनतम १ प्रतिशत विन्दु थप गरी ब्याजदर पाइने भएको छ। 

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि जारी गरिएको एकीकृत निर्देशन, २०७९ संशोधन गरी सो व्यवस्था गरेको हो। 

निर्देशिकामा भनिएको छ, ‘वैदेशिक रोजगारीमा रहेका नेपालीको बैंकिङ्ग प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम बैंक तथा वित्तीय संस्थाहरुमा खोलिएको वा खोलिने विप्रेषण (रेमिटयान्स) बचत खातामा निक्षेप राखेमा, सो खाताबाट रकमान्तर गरी खोलिएको मुद्दती खातामा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीले परिवारको नाममा पठाएको विप्रेषण रकम निजको परिवारले बचत÷मुद्दती निक्षेप खातामा राखेमा न्यूनतम १ प्रतिशत विन्दु थप गरी ब्याजदर प्रदान गर्नुपर्नेछ।’ 

यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीको बैंकिङ्ग प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम बैंक तथा वित्तीय संस्थाहरुमा खोलिएको वा खोलिने विप्रेषण (रेमिट्यान्स) बचत खातामा निक्षेप राखेमा न्यूनतम १ प्रतिशत बिन्दुथप गरी ब्याजदर प्रदान गर्नु पर्ने व्यवस्था थियो। 

यसअघि विदेशबाट रेमिट्यान्स आएको पैसा परिवारका सदस्यले मुद्दतीमा राख्दा थप १ प्रतिशत ब्याज पाइने व्यवस्था थिएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .