ad ad

कारोबार


सर्वाधिक कर तिरेको एनआईसी एसिया सेयरबजारमा कसरी बन्यो ‘नम्बर १’?

प्रतिफल राम्रो आउने आकलन
सर्वाधिक कर तिरेको एनआईसी एसिया सेयरबजारमा कसरी बन्यो ‘नम्बर १’?

केशर बोगटी
बैशाख १९, २०८० मंगलबार ८:३०, काठमाडौँ

आर्थिक वर्ष २०७८/०७९ मा एनआईसी एसिया बैंकले ३ अर्ब ४१ करोड रुपैयाँ कर तिरेको थियो। जुन सञ्चालनमा रहेका बैंकहरुमध्ये सबैभन्दा बढी हो। 

सर्वाधिक कर तिर्नेमा पहिलो भएसँगै बैंक सेयरबजारमा नम्बर १ बनेको छ। अघिल्ला वर्षहरुमा सर्वाधिक कर तिर्नेको पहिलो नम्बरमा रहेको नबिल बैंक दोस्रो बजारमा समेत नम्बर १ नै थियो। तर, गत पुस २ गते एनआईसी एसिया बैंक पहिलो नम्बरमा उक्लिँदा नबिल दोस्रो स्थानमा झरेको हो। 

२०८० वैशाख १८ गतेसम्म आइपुग्दा एनआईसी एसिया बैंकको प्रतिकित्ता सेयरमूल्य ७२० रुपैयाँ छ। दोस्रो स्थानमा रहेको नबिल बैंकको प्रतिकित्ता सेयरमूल्य ५९७ रुपैयाँ छ। 

एनआईसी एसिया बैंकले पछिल्ला दुई वर्ष लाभांश वितरण गर्न पाएन। क्यापिटल एडुकेसी रेसियो (पुँजी पर्याप्तता अनुपात–सीसीएआर)को सीमा पुर्याउन नसक्दा केन्द्रीय बैंकले लाभांश वितरणमा रोक लगाएको थियो।  

यो वर्ष बैंकको पहिलो र दोस्रो त्रैमासिकसम्ममा बैंकको सीसीएआरमा निरन्तर सुधार देखिएको छ। बैंकको कुनै एक त्रैमासिकमा सीसीएआर ८.५ प्रतिशत कम हुँदा नेपाल राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाउने गर्दछ। 

साथै, चालू आवको तेस्रो त्रैमासिकमा बैंकले ४ अर्ब बढी नाफा गरेको छ। चैत मसान्तसम्ममा बैंकको खराब कर्जा ०.८५ प्रतिशत छ। गत वर्ष सोही अवधिमा बैंकको निष्क्रिय कर्जा ०.५१ प्रतिशत थियो। निष्क्रिय कर्जाको सीमा बढ्न नदिई ४ अर्ब बढी नाफा गर्नु उत्कृष्ट मानिन्छ। यो सेयरधनीको हिसाबले हेर्दा धेरै राम्रो हो। 

यो वर्ष पहिलो र दोस्रो त्रैमासिकमा बैंकको सीसीएआर सुधार हुँदै गएको छ। 

पछिल्लो समय एनआईसी एसिया बैंकको सीसीएआर देखिएको सुधार र बढ्दै गएको नाफाले कारण लगानीकर्ताको रोजाइ बन्दै गइरहेको छ। सेयरबजारको दोस्रो बजारमा निरन्तर सर्वाधिक कारोबार गर्नेमा समेत एनआईसी एसिया बैंक रहेको छ। 

बैंकहरुको निष्क्रिय कर्जा ३ प्रतिशत माथि हुँदा एनआईसी एसियाको न्यून हो। 

निष्क्रिय बढ्दा बैंकको कर्जा नोक्सानी बढ्ने गर्दछ। जसले आगामी दिनमा बैंकको लगानी क्षमता घट्ने हुन्छ।

तर, बैंकले निष्क्रिय कर्जा बढ्न नदिई नाफा बढाउदा प्रतिफल राम्रो आउने आकलन गर्न सकिन्छ। अर्कोचाहिँ, बैंक लगानी समेत सुरक्षित रहेको बुझ्न सकिन्छ। 

यता चैतसम्म बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८४.८५ प्रतिशत छ। यसले आगामी दिनमा बैंक कर्जा प्रवाह गर्नसक्ने अवस्था देखिन्छ। 

कर्जा लगानी हिसाबले बैंक सुरक्षित हुँदा आगामी दिनमा बैंकको नाफा अझै बढ्नसक्ने देखिएको छ।  

बैंक अधिकांश सूचनामा देखिएको प्रगति र उता दुई वर्ष वितरण नगरेको लाभांश हेरेर लगानीकर्ता बैंकको सेयरमा आकर्षण बढाएका छन्। 

यता बैंकको सेयर भोलुम समेत थोरै छ। भोलुम सानो हुने संस्था प्रतिफलको रुपमा राम्रो मानिन्छ। 

यता एनआईसी एसिया बैंकको सेयर भोलुम अन्य बैंकको तुलनामा थोरै हुँदा सेयरधनीले राम्रो प्रतिफल पाउने देखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .