मंगलबारदेखि सुरु भएको नाडा अटो शोमा हिरो मोटोकर्पले दुईवटा मोटरसाइकल र दुईवटा स्कुटर सार्वजनिक गरेको छ।
कम्पनीले ८ गतेसम्म चल्ने शो सुरु भएकै दिन हिरो एक्स प्लस २१० र सुपरस्प्लेन्डर बीएस ६ एफआई १२५ मोटरसाइकल तथा जोमो १६० र जोमो १२५ आर स्कुटर सार्वजनिक गरेको हो।
हिरो एक्स प्लस २१० मा फोरस्ट्रोक, ४ भल्भ रहेका छन्। त्यसैगरी बाइकमा सिंगल सिलिन्डर लिक्विड कुल्ड डीओएचसी जस्ता फिचर छन्। २१० सीसीको यो बाइकको अधिकतम पावर २४.६ पीएस तथा अधिकतम टर्क २०.७ एनएम रहेको छ। यसको मूल्य ३ लाख ९ हजार ९ सय रुपैयाँ रहेको छ।
अर्को बाइक सुपरस्प्लेन्डर बीएस ६ एफआई १२५ सीसीमा आएको छ। एयर कुल्ड, फोरस्टेक, एसआई, सिंगल सिलिन्डर ओएचसी बाइकले ९ बीएचपी अधिकतम पावर र १०.३५ एनएम अधिकतम टर्क जेनेरेट गर्छ। यसको मूल्य २ लाख ६६ हजार ९ सय रुपैयाँ छ।
स्कुटरतर्फ जोमो १६० सीसीमा आएको छ। यो स्कुटरमा लिक्विड कुल्ड फोरस्ट्रोक, ४ भल्भ रहेका छन्। सिंगल सिलिन्डर एसओएचसी रहेको यो स्कुटरले १०.९ बीएचपी अधिकतम पावर र १४ एनएम अधिकतम टर्क जेनेरेट गर्छ । उता जोमो १२५ आर पनि एयर कुल्ड, ४ भल्भको सिंगल सिलिन्डर एसओएचसी स्कुटर हो। यसको ९ बीएचपी अधिकतम पावर र १०.३५ एनएम अधिकतम टर्क क्षमता छ।
तस्बिरहरू (सरोज नेपाल)














Shares

प्रतिक्रिया