ad ad

कारोबार


आधा बढी खनियो नागढुंगा सुरुङमार्ग

आधा बढी खनियो नागढुंगा सुरुङमार्ग

नेपालखबर
बैशाख ३१, २०७९ शनिबार १३:१७, काठमाडौँ

नागढुंगा सुरुङ मार्गको आधा बढी काम सम्पन्न भएको छ। नागढुंगा सुरुङमार्ग खन्ने काम ५०.९० प्रतिशत सकिएको हो। 

सुरुङमार्ग आयोजना प्रमुख नरेशमान शाक्यले २७ सय ९६ मिटर सुरुङमार्ग सम्पन्न भएको जानकारी दिए। 

शाक्यका अनुसार २६ सय ८८ मिटर लम्बाइको मुख्य सुरुङमार्ग पूर्वबाट ६०१ मिटर र पश्चिमबाट ६०३ मिटर सम्पन्न भएको छ। आकस्मिक सुरुङमार्गको २५ सय ५७ मिटर लम्बाइमध्ये पूर्वमा ८२८ मिटर र पश्चिममा ५९१ प्रतिशत सम्पन्न भएको छ। 

वर्किङ अडिटको लागि १२६ मिटर सुरुङ खनेको छ। मुख्य सुरुङमार्ग र आकस्मिक सुरुङमार्गबीच खन्नुपर्ने सुरुङमार्ग ४४ मिटर खनिएको छ। क्रस प्यासेजको लागि १२८ मिटर सुरुङ खन्नुपर्छ। 

आयोजनामा कुल सुरुङ ५ हजार ४९९ मिटर खन्नुपर्छ जसमा पूर्वबाट १४ सय ५७ मिटर खनिएको छ भने पश्चिमबाट १३ सय ३६ मिटर गरी २७ सय ९६ मिटर खनिएको छ। 

आयोजनामा ३ वटा अन्डरपास गर्नुपर्नेमा २ वटा सम्पन्न भएको छ। बक्स कल्भर्ट ४ वटा बनाउनुपर्नेमा सबै बनेका छन्। १ वटा ओभरपास र ३ वटा पुल निर्माण सम्पन्न भएका छन्। आयोजनामा १ वटा फ्लाई ओभर बनाउनुपर्छ। फ्लाई ओभरको लागि जग्गाप्राप्तिको काम नै बाँकी रहेको छ। 

सुरुङमार्गसम्म पुग्ने सडक विस्तारको काम ७६ प्रतिशत सम्पन्न भएको छ भने फाइलिङ ३९ प्रतिशत सम्पन्न भएको छ। 

सुरुङमार्ग खन्ने काम ५० प्रतिशत भए पनि भौतिक पूर्वाधारको काम ३५.५ प्रतिशत सम्पन्न भएको छ। आर्थिक प्रगति भने ४५.५० प्रतिशत रहेको छ। 

३ दिन बन्द 
आयोजना प्रमुख शाक्यले स्थानीय तहको निर्वाचनका लागि ३ दिन काम रोकिएको बताए। वैशाख २९ देखि ३१ गतेसम्म बन्द हुनेछ। 

जापान सरकारको ‘सफ्ट लोन’मा २०७६ कात्तिकमा ४२ महिनामा सम्पन्न गर्ने गरी सो आयोजना निर्माण सुरु भएको थियो। जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेसनबीच २०७६ असोजमा सम्झौता भई निर्माण भइरहेको छ। 

मुआब्जा विवाद, स्थानीयबासीको अवरोधलगायतका कारण वि.सं. २०७६ फागुनबाट निर्माण थालिएको थियो। स्थानीयहरुले केही समयअघि पनि विभिन्न माग राख्दै अवरोध गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .