ad ad

कारोबार


भदौ २३ र २४ मा चौथो पूर्वाधार सम्मेलन, २५ देशबाट सहभागिता हुने

भदौ २३ र २४ मा चौथो पूर्वाधार सम्मेलन, २५ देशबाट सहभागिता हुने

नेपालखबर
साउन ३०, २०७९ सोमबार १६:२८, काठमाडौँ

आगामी भदौ २३ र २४ गते नेपाल पूर्वाधार सम्मेलन हुने भएको छ। 

नेपाल सरकार र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा चौथो संस्करण हुनलागेको हो।

विकासका लागि पूर्वाधार नारामा हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछन्। 

परिसंघले २०१४ मा पहिलो पटक पूर्वाधार सम्मेलन गरेको थियो। त्यसपछि २०१७ र २०१९ मा सम्मेलन गरेकोमा भदौ अन्तिममा चौथो सम्मेलन गर्न लागेको परिसंघका अध्यक्ष विष्णु अग्रवालले जानकारी दिए। 

अग्रवालले सम्मेलनले नेपालको पूर्वाधारमा बजेट वृद्धि हुँदै गएको बताए। उनले सम्मेलनबाटै सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलसम्बन्धी कानुन बनाउन सहयोग पुगेको बताए।

‘हामीले ३ वटा पूर्वाधार सम्मेलन गरेर पीपीपी मोडलमा काम गर्न सक्ने वातावरण बनाएका छौँ’, अग्रवालले भने, ‘अब निजी क्षेत्रलाई कसरी पूर्वाधार लगानीमा ल्याउने भन्ने रहेको छ।’

पूर्वाधार सम्मेलनमा पुँजीगत खर्च वृद्धि हुन नसक्नुको कारण, डिजिटल इन्फ्रास्ट्रक्चर, इनोभेसन फाइनान्सिङ, बजेट ग्याप, औद्योगिक पूर्वाधारलगायतको विषयमा गहन छलफल हुने परिसंघले जनाएको छ। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव शंकरसिंह धामीले सम्मेलनले नेपालको पूर्वाधार निर्माणमा योगदान गरिरहेको बताउँछन्। धामीले २५ देशबाट सम्मेलनमा लगानीकर्ता, विज्ञलगायतको सहभागिता हुने जानकारी दिए। 

धामीले नेपाल सरकारसँग प्रोजेक्ट बैंकमा रहेका आयोजनामा लगानी गर्न इच्छुकलाई सहयोग पुग्ने बताए। उनले सम्मेलनबाट प्रोजेक्ट फण्ड म्यानेजमेन्ट कसरी हुन्छ भन्ने विषयमा छलफल हुने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .