ad ad

कारोबार


२ अर्ब बढी लगानीमा पाँचतारे होटल बनाउँदै पद्मा ग्रुप

२ अर्ब बढी लगानीमा पाँचतारे होटल बनाउँदै पद्मा ग्रुप

नेपालखबर
भदौ ५, २०७९ आइतबार १६:३३, काठमाडौँ

पद्मा ग्रुप अफ कम्पनिजले काठमाडौंमा पाँचतारे होटल निर्माण गर्दै छ। 

हाउजिङ व्यवसायमा परिचित ग्रुपले पद्मा हस्पिटालिटी प्रा.लिमार्फत ठूलोभर्‍याङमा तारे होटल बनाउन लागेको हो। 

‘ट्रान्क्विलिटी रोयाले’ ब्रान्डमा पाँचतारे होटल निर्माण हुँदै छ। पद्मा हस्पिटालिटीका अनुसार तारे होटल निर्माणकोलागि २ अर्ब २९ करोड रुपैयाँ लाग्ने अनुमान रहेको छ। जसमा ८० प्रतिशत ऋण र २० प्रतिशत आफ्नो लगानी गर्ने ग्रुपको प्रस्ताव रहेको छ। 

पद्मा हस्पिटालिटीले बैंक तथा वित्तिय संस्थाबाट १ अर्ब ८४ करोड ऋण र ४४ करोड आफ्नो लगानी गर्नेछन्। तर कम्पनीले अहिलेसम्म लगानीको सुनिश्चितता गराउन सकेको छैन। 

२०० कोठासहितको तारे होटलमा रेष्टुरेन्ट, स्विमिङ पुल, कन्फेरेन्स एन्ड ब्यान्क्वेट हललगायतका सुविधा रहनेछन्। 

२०७७ पुसमा दर्ता गराएको कम्पनी आगामी मंसिरबाट होटल निर्माण सुरु गर्ने जनाएको छ। हालसम्म प्रवर्द्धकले १४ करोड रुपैयाँ लगानी गरिसकेका छन्।  

हालसम्म निर्माण सुरु नभएको पद्मा हस्पिटालिटीले सन् २०२६ जनवरीबाट सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ। 

पद्मा हस्पिटालिटीको अध्यक्ष राजु प्रसाद कंडेल रहेका छन्। पद्मा ग्रुप अफ कम्पनिजसहित कंडेल धुनिबेसी आदर्श मल्टिपल कलेज र जगद्गुरु कृपालु प्रतिष्ठानका अध्यक्ष समेत रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .