ad ad

कारोबार


कम्पनीलाई मात्रै घरजग्गा व्यवसाय गर्न दिन प्रधानमन्त्रीसँग व्यवसायीको माग

कम्पनीलाई मात्रै घरजग्गा व्यवसाय गर्न दिन प्रधानमन्त्रीसँग व्यवसायीको माग

नेपालखबर
बैशाख ११, २०८० सोमबार १५:५७, काठमाडौँ

नेपाल जग्गा तथा आवास विकास महासंघले रियल इस्टेट क्षेत्रका समस्या समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका छन्।

महासंघले भूउपयोग कानुनहरुको प्रभावकारी कार्यान्वयन गरी कित्ताकाटलाई साबिकबमोजिम नै सहजीकरण गर्न माग गरेका हुन्। 

व्यवसायीहरुले अनधिकृतरुपमा व्यक्तिगत भइरहेका घरजग्गाको कारोबारलाई नियन्त्रण गर्न माग गरेका छन्। 

‘रियल इस्टेट कम्पनीहरुले मात्रै घरजग्गाको व्यावसायिक कारोबार गर्न पाउने व्यवस्था गर्न, घरजग्गा कारोबार गर्ने कम्पनीहरुको सूचीकृत गरिदिनु,’ महासंघका प्रतिनिधिले प्रधानमन्त्रीसँगको भेटमा लिखित माग राखेका छन्, ‘घरजग्गा व्यवसाय दर्ता ब्रोकरमार्फत मात्र घरजग्गा खरिदबिक्री गर्ने कानुनी व्यवस्था गरिदनु।’

चालू आर्थिक वर्षको बजेट वक्तव्यमा १०० भन्दा बढी युनिट रहने अपार्टमेन्टको बढीमा २० प्रतिशत अपार्टमेन्ट विदेशीले खरिद गर्न पाउने नीति व्यवस्था गर्न आग्रह गरेका छन्। 

रियल इस्टेट व्यवसायले रोजगारी तथा राजस्व वृद्धि गरिरहेको महासंघले जनाएको छ। घरजग्गा व्यवसायले वार्षिक करिब १२ अर्ब रुपैयाँभन्दा बढी राजस्व नेपाल  सरकारले प्रत्यक्ष रुपमा प्राप्त गर्दै आएको अध्यक्ष भेषराज लोहनीले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .