ad ad

कारोबार


बिगमार्टमा स्मार्ट क्यूआरमार्फत स्क्यान गर्दा २५ सय रुपैयाँसम्म छुट

बिगमार्टमा स्मार्ट क्यूआरमार्फत स्क्यान गर्दा २५ सय रुपैयाँसम्म छुट

नेपालखबर
असार २०, २०७९ सोमबार १७:२४, काठमाडौँ

आईएमई पे र एससीटीद्वारा सञ्चालित स्मार्ट क्यूआरबीच साझेदारीसम्बन्धी सम्झौता भएको छ। 

सम्झौताअनुरुप बिगमार्ट सुपर मार्केटको सम्पूर्ण आउटलेटमा विशेष रूपमा आईएमई पे एपमार्फत स्मार्ट क्यूआर स्क्यान गर्दा १५ प्रतिशत छुट (अधिकतम ३ सय रुपैयाँसम्म) पाउन सक्ने कम्पनीले जनाएको छ।

डिजिटलाइज नेपालतर्फ सँगै अगाडि बढ्ने संकल्प व्यक्त गर्दै यस योजनाका लागि आईएमई पे र स्मार्ट क्यूआरले सहकार्य गरेका हुन्।

कम्पनीहरूले यो योजनाले प्रयोगकर्ताहरूको व्यापक दायरालाई डिजिटल भुक्तानी विधिहरूतर्फ लाग्न प्रोत्साहित गर्ने विश्वास राखेको छ ।

साझेदारी अवधिभर निश्चित नियम र शर्तहरूअन्तर्गत प्रत्येक प्रयोगकर्ताले १५ प्रतिशत छुट (अधिकतम ३ सय रुपैयाँसम्म) प्राप्त गर्नसक्ने र सोही अवधिभर प्रत्येक लेनदेनमा प्रयोगकर्ताले जम्मा रकम २५ सय रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .