कारोबार


डिशहोममा १ वर्षको रिचार्जमा धनकुटाका सन्त बहादुरले जिते नगद १ लाख

डिशहोममा १ वर्षको रिचार्जमा धनकुटाका सन्त बहादुरले जिते नगद १ लाख

नेपालखबर
असोज ३, २०७९ सोमबार १७:४६, काठमाडौँ

डिशहोममा १ वर्षको रिचार्ज गर्दा पाखृवास न पा २ धनकुटा, फलाटेका सन्त बहादुर राना मगरले  एक लाख जितेका छन्। 

भारद्वाज इन्टरप्राइजेज  डिलरअन्तर्गत रहेको केडीएचएएन१० का योगेश इलेक्टोनिक्स पाखृवासका डिलर दाईकोमा एक वर्ष रिचार्ज गरेर सन्त बहादुरले लक्की ड्रमा सहभागी हुने अवसर पाएका थिए। 

डिशहोमको तर्फबाट सेल्स अफिसर मनोज रिजालबाट जितेको पुरस्कार रकम हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ। 

विजेता राना मगरलाई हार्दिक बधाई दिँदै सम्पूर्ण डिशहोम डीटीएचका ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिने विश्वास कम्पनीले लिएको छ । 

डिशहोमले १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने योजना ल्याइरहेको छ। योजनाअन्तर्गत डिशहोम डीटीएचका ग्राहकहरुले नजिकैको डिलरदाइकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् । 

साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद एक लाख जित्ने अवसर पाउन्छ।
लक्की ड्रको प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्नसकिन्छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .