ad ad

कारोबार


४० यूपीको मदिरामा नेपाल डिस्टिलरिजको प्रवेश, कर्दा ट्रिपल एक्स बजारमा

४० यूपीको मदिरामा नेपाल डिस्टिलरिजको प्रवेश, कर्दा ट्रिपल एक्स बजारमा

नेपालखबर
पुस ६, २०७९ बुधबार १४:२६, काठमाडौँ

‘दि नेपाल डिस्टिलरिज’ ४० यूपी सेगमेन्टको मदिरामा प्रवेश गरेको छ।

लामो समयदेखि २५ यूपी र ३० यूपीको रम तथा मदिरा उत्पादन गर्दै आएको कम्पनीले ४० यूपीको नयाँ उत्पादन ‘कर्दा ट्रिपल एक्स’ बजारमा ल्याएको हो।

यो ४० यूपी सेगमेन्टमा नेपाली बजारमा उपलब्धमध्येकै स्तरीय मदिरा रहेको ‘दि नेपाल डिस्टिलरिज’का महाप्रबन्धक शुभाष लामिछानेले जानकारी दिए। 

उनका अनुसार ग्राहकको यो सेगमेन्टका मदिराप्रति पछिल्लो समय बढेको आकर्षणलाई सम्बोधन गर्दै कम्पनीले ‘कर्दा ट्रिपल एक्स’ बजारमा ल्याएको हो। यसमा अल्कोहलको मात्रा २५ र ३० यूपीको मदिरामा भन्दा कम हुन्छ।

रम फ्लेबरको यो मदिरा तातोपानी वा कोलासँग मिसाएर खान मिल्छ। यो मदिरा ७५० एमएल, ३७५ र १८० एमएलको प्याकेजिङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .