नेपाली बजारमा बुधबार सुन र चाँदीको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला पाँचसय रुपैयाँले बढेको छ।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ६ सय रुपैयाँ पुगेको छ। तेजावी सुनको भाउ पनि ९३ हजार १ सय रुपैयाँ पुगेको छ।
बुधबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२२५ रुपैयाँमा कारोबार भइरहेको छ।
कात्तिक १६, २०७९, बुधबार
39
Shares
प्रतिक्रिया