ad ad

कारोबार


तोलामा २ हजारले घट्यो सुन, चाँदी पनि ४५ रुपैयाँ सस्तियो

तोलामा २ हजारले घट्यो सुन, चाँदी पनि ४५ रुपैयाँ सस्तियो

नेपालखबर
माघ २२, २०७९ आइतबार ११:२२, काठमाडौँ

पछिल्लो साता उच्च विन्दुमा पुगेको सुनको मूल्य यो साता भने ओरालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन २ हजारले र चाँदी ४५ रुपैयाँले सस्तिएका हुन्। 

योसँगै आज छापावाल सुन १ लाख ४ हजार १ सय, तेजाबी सुन १ लाख ३ हजार ६ सय र चाँदी १ हजार ३ सय २० रुपैयाँ प्रतितोलामा कारोबार भएका छन्। 

शुक्रबार छापावाल सुन १ लाख ६ हजार १ सय, तेजाबी सुन १ लाख ५ हजार ६ सय र चाँदी १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .