ad ad

कारोबार


सुनको मूल्य तोलामा ७ सय सस्तो

सुनको मूल्य तोलामा ७ सय सस्तो

नेपालखबर
चैत ६, २०७९ सोमबार ११:४२, काठमाडौँ

सुनको मूल्य आज तोलामा ७ सय रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३ सय र तेजाबी सुन १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको हो। 

अघिल्लो दिन भने सुनको मूल्य ऐतिहासिक विन्दुमा पुगेको थियो। कीर्तिमानी मूल्य हुने क्रममा १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै आज चाँदीको मूल्य पनि १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .