सिभिल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ।
शुक्रबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
लघुवित्तले ११.५८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ११ प्रतिशत बोनस सेयर रहेको छ भने ०.५८ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
18
Shares
प्रतिक्रिया