कारोबार


रियलमी नार्जो ५० आई प्राइम नेपालमा, मूल्य कति?

रियलमी नार्जो ५० आई प्राइम नेपालमा, मूल्य कति?

नेपालखबर
मंसिर ७ , काठमाडौँ

स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नार्जो फ्यामिलीमा फेरी अर्को एउटा सिरिज थपेको छ– रियलमी नार्जो ५० आइ प्राइम। 

यसले नार्जोको स्टाइलिश डिजाइन, छरितो पर्फर्मेन्स र पावरफुल प्रोसेसरको लेगसीलाई अझै विशाल बनाउने र प्रयोगकर्तालाई समग्र रुपमा एउटा पूर्ण स्मार्टफोन एक्स्पिरियन्स प्रदान गर्ने विश्वास गरिएको छ।

लन्चको बारेमा बोल्दै रियलमीका कन्ट्री हेड मुनिश गिरीले नार्जो सिरिजको नयाँँ सदस्यको रुपमा रियलमी नार्जो ५० आइ प्राइमलाई लन्च गर्न पाउँदा उत्साहित रहेको बताए। 

‘नेपालको गेमिङ क्राउडले नार्जो सिरिजलाई एकदमै मन पराएको थियो। त्यसैले हामीलाई अझै पावरफुल गेमिङ फोन ल्याउन हौसला दिएको थियो। एन्ट्री लेभलको सबैभन्दा स्टाइलिश फोन नार्जो ५०आइ प्राइम अब अझै आकर्षक भर्टिकल स्ट्राइप डिजाइनमा आएको छ र यसको पावरफुल युनिसक टी६१२ प्रोसेसरले पहिलाको भन्दा अझै पावरफुल पर्फर्मेन्स प्रदान गर्छ’, उनले भने, ‘एउटा ब्रान्डको रुपमा रियलमीले सदैव आफ्नो स्मार्टफोनहरुमा नवीनतम प्रविधीहरु प्रयोग गर्न तत्पर छ र रियलमी नार्जो ५० आइ प्राइमले रियलमीलाई एक कदम अगाडि बढाएको छ।’

प्रयोगकर्ताहरुलाई अहिलेसम्मकै उत्कृष्ट अनुभव प्रदान गर्ने हिसाबले रियलमी नार्जो ५० आइ प्राइमको डिजाइन गरिएको कम्पनीले जनाएको छ। साथै यो मुल्यमा उपलब्ध अहिलेसम्मकै पातलो र हल्का वजनको फोन भएको पनि कम्पनीले दाबी गरेको छ। 

८.५ मिमिको अल्ट्रा स्लिम बडी भएको यस फोनको तौल भने जम्मा १८२ ग्राम रहेको छ। भर्टिकल स्ट्राइप डिजाइनले हेर्दा जति आकर्षक देखाएको छ, यसको प्रोसेसर पनि उत्तिकै शक्तिशाली रहेको छ। यसमा अन्तुतु बेन्चमार्क २०९८३२ को पावरफुल युनिसक टी६१२ प्रोसेसर रहेको छ। 

त्यस्तै यसमा भएको २.२ हाइ स्पिड युनिभर्सल फ्ल्यास स्टोरेजले ३ गुणा छिटो डाटा रिड र राइट गर्न सक्छ। सजिलोसँग ब्लकबस्टर शट्सहरु लिन र डिटेल्ड तस्विरहरु लिनको लागि यसमा ८ एमपिको एआइ क्यामरा राखिएको छ। 

त्यस्तै यसमा रहेको ५००० एमएएच्को शक्तिशाली ब्याट्रि स्ट्यान्ड बाइ मोडमा ४५ दिनसम्म टिक्न सक्छ। ३ जीबी ¥याम र ३२ जिबि रोम भएको सेटको मूल्य १४ हजार ४९९ रुपैयाँ रहेको छ भने ४ जीबी र्‍याम र ६४ जीबी रोम भएको सेटको मूल्य १५ हजार ९९९ रुपैयाँ छ। यी फोनहरु आकर्षक डार्क ब्लु र मिन्ट ग्रिन रंगहरुमा उपलब्ध छन्।

मंसिर ७, २०७९, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.