प्रधानमन्त्रीको निर्देशनले रोकिएको मोबाइल डिभाइल म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयन गर्न नियामवली बनाउने तयारी सुरु भएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सरकारले नियमावली बनाउने प्रक्रिया अगाडि बढाएको बताएका हुन्।
‘एमडीएमएसलाई कार्यान्वयन गर्न सरकारले नियमावली बनाउँदै छ’, नेपाल आर्थिक पत्रकार संघले गरेको एक कार्यक्रममा अध्यक्ष खनालले भने, ‘विदेशबाट आएका नेपालीलाई कसरी सुविधा दिने भन्ने विषयमा नियमावली बनेपछि कार्यान्वयन हुन्छ।’
पुसबाट एमडीएमसी कार्यान्वयन गर्न प्राधिकरणले सूचना जारी गरे पनि विदेशबाट फर्किने नेपालीले झञ्झठ व्यहोर्नुपरेको भन्दै विरोध भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनले रोकिएको थियो।
अहिले अनिवार्य मोबाइल दर्ताभन्दा पनि स्वैच्छिक रुपमा दर्ता भइरहेको उनले जानकारी दिए।
चैत १३, २०७९, साेमबार
प्रतिक्रिया