ad ad

निर्वाचन विशेष


आफैँ मतपत्रमा छाप लगाउँदै गर्दा समातिए मतदान अधिकृत

आफैँ मतपत्रमा छाप लगाउँदै गर्दा समातिए मतदान अधिकृत

आफैं मतपत्रमा छाप लाउँदा लाउँदै समातिएका मतदान अधिकृत। तस्बिर : नेपालखबर


नेपालखबर
बैशाख ३०, २०७९ शुक्रबार १३:८, जनकपुरधाम

धनुषाको मिथिला नगरपालिका ९ , सार्वजनिक मावि मतदान केन्द्रका मतदान अधिकृत आफैं मतपत्रमा छाप हानिरहेको अवस्थामा पक्राउ परेका छन्। 

मतदान अधिकृत किरण सिंह आफैंले मतपत्रमा छाप हानिरहेको अवस्थामा रंगेहात पक्राउ परेका हुन्। 

दुईवटा मत छापिरहेको अवस्थामा पोल एजेन्टहरूले देखेपछि केही बेर मतदान स्थगित भएको थियो।

उनले अब यस्तो नगर्ने प्रतिबद्धता गरेर माफी मागेपछि मतदान सुरु भएको हाे।

५ मिनेट भित्रमै उनले २ वटा मतपत्रमा रुख छापमा मोहोर लगाएको स्थानीय पोल एजेन्टले बताएका छन्। 

मतदान अधिकृत सिंह स्थानीयबासिन्दा हुन्। उनको घरपरिवार कांग्रेस पार्टी समर्थक छन्।

स्थानीय भएकै कारण माफी मागेपछि उनलाई सबैले माफ गरिदिएको स्थानीयले बताएका छन्।

यता मिथिला नगरपालिकाका निर्वाचन अधिकृत दीपक धितालले विवाद भए पनि मत छापेको विषयमा आफूलाई जानकारी नभएको बताए  

अहिले विवाद मिलेर पुन: समान्य रुपमा मतदान भइरहेको उनले बताएका छन्। 

यता मतदान अधिकृत सिंहले एक मतदाताले एउटामा छाप लगाउन छाडेको र अर्का मतदाताले आफूलाई छाप लगाउन नआएको कारण उनले भनेकै ठाउँमा छाप लगाइदिँदा समस्या भएको तर्क गरे।

त्यहीकारण विवाद हुँदा तुरुन्तै समाधान गरेर मतदान जारी राखेको उनले दावी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .