झापाको दक्षिणी कचनकबल गाउँपालिकाको अध्यक्षमा राप्रपा उम्मेदवारलाई ठूलो मतान्तरले पछि पार्दै कांग्रेस–एमाले गठबन्धनका उम्मेदवारले अग्रता हासिल गरेका छन्।
राप्रपा केन्द्रीय सदस्य समेत रहेका निवर्तमान गाउँपालिका अध्यक्ष अञ्जार आलमलाई पछि पार्दै कांग्रेसका कलेन्द्रप्रसाद राजवंशीले अग्रता हासिल गरेका हुन्।
२०७४ को स्थानीय तह निर्वाचनमा यहाँ राप्रपा उम्मेदवार आलमले कांग्रेसका कलेन्द्रप्रसाद राजवंशीलाई पराजित गर्दै विजयी भएका थिए। यहाँको उपाध्यक्ष पनि राप्रपाले नै जितेको थियो।
यो गाउँपालिका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको निर्वाचन क्षेत्र हो।
तर, यसपटक यहाँ राप्रपा विरुद्ध कांग्रेस–एमालेले गठबन्धन निर्माण गरेका छन्। अध्यक्षमा गठबन्धनका उम्मेदवार अगाडि भएपनि उपाध्यक्षमा भने राप्रपा उम्मेदवार ४ सय मतान्तर सहित अगाडि छिन्।
यहाँ एमाले उम्मेदवारले ३ सय ५३ मतसहित राप्रपा उम्मेदवारलाई पछ्याइरहेका छन्।
Shares
प्रतिक्रिया