धनुषामा नेकपा एकीकृत समाजवादी पार्टीले खाता खोलेको छ।
धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर १ मा एकीकृत समाजवादीका उम्मेदवार सन्तोष गोइत प्यानलसहित विजयी भएका हुन्।
गोइतले ४१२ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवनाथ मैरता यादवले ३२४ मत ल्याएका छन्।
सदस्यमा सोही पार्टीका मोहन यादव र रामप्रगास हलुवाई, महिला सदस्यमा सिमलादेवी माझी र दलित महिला सदस्यमा अरहुला देवी निर्वाचित भएका छन्।
3.4k
Shares
प्रतिक्रिया