ad ad

निर्वाचन विशेष


पोखरामा गठबन्धनका धनराजले लिए सुरुवाती अग्रता

पोखरामा गठबन्धनका धनराजले लिए सुरुवाती अग्रता

नेपालखबर
बैशाख ३१, २०७९ शनिबार २०:३५, काठमाडौँ

कास्कीको पोखरा महानगरपालिकामा सत्तारुढ पाँचदलीय गठबन्धनले सुरुवाती अग्रता लिएको छ।

५० मत गणना गर्दा गठबन्धनबाट महानगर प्रमुख धनराज आचार्यले २३ मत पाएका छन्। 

उनले नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर थापाले पछ्याइरहेका छन्। उनले २२ मतका साथ आचार्यभन्दा १ मतले पछि छन्।

महानगर उपप्रमुखमा पनि गठबन्धन अघि देखिएको छ। गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले २२ मत पाएकी छन्।  

एमाले उम्मेदवार मञ्जुदेवी गुरुङले २० मत ल्याएकी छन्। पोखरामा महानगर प्रमुखका लागि विवकेशील साझाले सुशीला केसी अधिकारी र राप्रपाले शंकर खराललाई उम्मेदवार बनाएको छ। 

महानगरमा विवकेशीलबाट माधव भण्डारी र राप्रपाबाट रञ्जनाकुमारी सेन पौडेल उपप्रमुखका उम्मेदवार छन्।  

२०७४ को निर्वाचनमा एमालेका मानबहादुर जिसी ६० हजार ११८ मतले विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी रामजी कुँवरले ४६ हजार ४१६ मत पाएका थिए। 

महानगर प्रमुखमा तत्कालीन संघीय समाजवादी फोरमका हुमबहादुर गुरुङले ३ हजार १७० र राप्रपाका गीता गुरुङले २ हजार २७२ मत ल्याएका थिए। 

महानगरको उपप्रमुखमा एमालेकै मञ्जुदेवी गुरुङ ५६ हजार ४४८ मतले निर्वाचित भएकी थिइन्। उनकी निकटम प्रतिद्वन्द्वी सरस्वती गुरुङले ४४ हजार ३३८ मत पाएकी थिइन्। 

महानगर उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी गोमा ढकालले ८ हजार ७९६, राप्रपाका रमेशबहादुर खत्रीले २ हजार ८४० र स्वतन्त्र उम्मेदवार सिरोज कोइरालाले २ हजार १९९ मत ल्याएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .