ad ad

निर्वाचन विशेष


रोकिएको ७ घण्टा बित्दा पनि सुरु भएन भीमदत्तको मतगणना

रोकिएको ७ घण्टा बित्दा पनि सुरु भएन भीमदत्तको मतगणना

नेपालखबर
जेठ १, २०७९ आइतबार १८:३४, महेन्द्रनगर

कञ्चनपुरको भीमदत्त नगरपालिकाको मतगणना अझै सुरु हुन सकेको छैन। सर्वदलीय बैठकमा सहमति नजुटेपछि अझै मतगणना सुरु हुन नसेको हो।

भीमदत्त नगरपालिका वडा नं २ को मतगणना गर्ने क्रममा एक सय मत पत्र भनी खोलिएको पोकामा एक सय २० मतपत्र भेटिएपछि विवाद भएको थियो। दिउँसो १२ बजे पछि मतगणना रोकिएको छ। 

नेपाली कांग्रेसबाहेक अन्य दलहरुले मतदान प्रक्रिया पुनः गर्नुपर्ने माग सारेको बैठकमा सहभागी माओवादीका एक नेताले जानकारी दिए।

‘सहमति छुट्न सकेको छैन, हामीले मतदान पुनः गर्नु पर्ने भनिरहेका छौँ,’ ती नेताले भने,  ‘निर्वाचनका साथीहरुले त्यस्तो गर्न सकिदैन भनेका छन्। त्यसैले कुरा नमिले पछि अहिले बैठक पनि केहीबेरका लागि रोकिएको छ।’

भीमदत्तमा मेयर र उपमेयरमा नेपाली कांग्रेसले अग्रता लिइरहेको  छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .