निर्वाचन विशेष


जसले एमालेबाट ‘विद्रोह’ गरे, स्वतन्त्र उठेर दलको वर्चश्व तोडे

जसले एमालेबाट ‘विद्रोह’ गरे, स्वतन्त्र उठेर दलको वर्चश्व तोडे

गोकुल जोशी
जेठ ३, २०७९ मंगलबार ८:४८, कञ्चनपुर

नेकपा एमालेबाट ‘विद्रोह’ गरेर  स्वतन्त्र उम्मेदवारी दिएका सन्तोष प्रकाश जोशी बैतडीको डिलाशैनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन्।

जोशीले सत्ता गठबन्धनबाट कांग्रेसका अध्यक्षका उम्मेदवार लोकेन्द्र बहादुर रानालाई ५३८ मतान्तरले पराजित गरेका छन्।

जोशीले ३ हजार १८९ मत ल्याए। उनका निकटतम प्रतिद्वन्द्वी रानाले २ हजार ६५१ मत मात्रै पाउन सके। नेकपा एमालेका अध्यक्षका उम्मेदवार अक्कल रानाले तेस्रो स्थान हासिल गरे।

उपाध्यक्षमा नेपाली कांग्रेसका भगीरथ बोहरा ३ हजार ८७३ मत सहित विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लीलावति जोशीले २ हजार ७७९ मत मात्रै ल्याउन सके।

‘पुतली’ चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएको एमालेका ‘विद्रोही’ जोशीको स्वतन्त्र समूह ३ वडा सहित पालिकाको नेतृत्वमा जित निकाल्न सफल भएको हो। 

७ वटा वडा रहेको डिलाशैनीमा स्वतन्त्र समूहले वडा नं. ४, ५ र ७ मा प्यानलसहित जित निकालेको छ।

वडा नम्बर १ बाट ३ सम्मको मतपरिणाम सार्वजनिक हुँदा जोशी पुछारमा थिए। तर उनले वडा नम्बर ४ को मतगणनाबाट मतान्तर कम गर्दै लगे।

७ वटै वडाको मत गणना सम्पन्न हुँदा जोशी कांग्रेस, माओवादी र समाजवादीको गठबन्धनबाट माओवादीका लोकेन्द्र राना र एमालेका अक्कल रानालाई उछिन्दै विजयी भए।

डिलाशैनीमा नेपाली कांग्रेस, माओवादी र समाजवादीको गठबन्धन भएको थियो। नेकपा एमाले एक्लै चुनावमा होमिएको थियो।

जोशीले स्थानीय तह चुनावको सम्मुखमा नेकपा एमाले डिलाशैलीमा विद्रोह गरेका थिए। डिलाशैनीमा अध्यक्षको आंकाक्षी रहेका उनलाई एमाले बैतडी अध्यक्ष सुरेन्द्र पालले टिकट नदिए पछि पार्टी त्यागेर गरेर वडामा प्यानल सहित भिडेका थिए।

डिलाशैनी एमाले बैतडीका अध्यक्ष पालको गृहपालिका हो। जनभावना विपरित एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालले आफू निकटका व्यक्तिलाई उम्मेदवार बनाएपछि असन्तुष्ट रहेका जोशीले पालिकाका विद्रोही खडा गरेका थिए। 

उनै जोशीले ३ वडा सहित पालिका अध्यक्ष विजयी भएर डिलाशैनीमा राजनीतिक दलको वर्चश्व तोडेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad