ad ad

निर्वाचन विशेष


धरानमा कांग्रेसलाई टक्कर दिँदै ‘स्वतन्त्र लौरो’, मतान्तर २८५ मा झर्यो

धरानमा कांग्रेसलाई टक्कर दिँदै ‘स्वतन्त्र लौरो’, मतान्तर २८५ मा झर्यो

नेपालखबर
जेठ ३, २०७९ मंगलबार ११:२८, काठमाडौँ

धरान उपमहानगरपालिकामा लौरो चुनाव चिह्न लिएर उठेका हर्क साम्पाङले नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई कडा टक्कर दिन थालेका छन्। 

बेरअघि धरान उपमहानगरपालिका ८ को १७ सय मतगणना सकिएको छ। मतगणनाअनुसार यहाँ मेयरमा लौरो बोकेर स्वतन्त्र उम्मेदवारी दिएका हर्क साम्पाङ लोकप्रिय मत पाएका हुन्।

खसेको मतमध्ये १७ सय गन्दा साम्पाङले ६६७ मत ल्याएका छन्। यहाँ ४७७६ मत खसेको छ।

मेयरमा एमालेकी उम्मेदवार भण्डारीले ४४३ मत पाएकी छन्। गठबन्धनका किशोर राईले २९१ मत पाए। उपमेयरमा एमाले उम्मेदवार पदम इस्वोले ६१० मत पाए। गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघाले ४९२ मत पाए। 
 
मंगलबार बिहानसम्म साङपाङले एमाले उम्मेदवार मञ्जु भण्डारीलाई तेस्रोमा धकेलेर कांग्रेसलाई टक्कर दिन पुगेका हुन्। 

पछिल्लो मतगणना विवरण अनुसार कांग्रेसका किशोर राईले ५४ सय २ मत ल्याएका छन्। उनलाई पछ्याइरहेका साङपाङले ५१ सय १७ मत ल्याएका छन्। यी दुईबीचको मतान्तर अब २८५ मतमा झरेको छ।

यी दुईबीच मंगलबार सबेरै बिहान ६७१ मतको फरक थियो। उता एमालेकी मेयर उम्मेदवार भण्डारीले ४८ सय ७७ मतसहित तेस्रो स्थानमा रहेकी छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .