ad ad

निर्वाचन विशेष


३२५ पालिकाको अन्तिम नतिजा आउँदा एमाले १०० तहमा विजयी

३२५ पालिकाको अन्तिम नतिजा आउँदा एमाले १०० तहमा विजयी

नेपालखबर
जेठ ३, २०७९ मंगलबार १६:२९, काठमाडौँ

स्थानीय तह निर्वाचनको नजिता आउने क्रम चलिरहेको छ। अहिलेसम्म देशभरका ३२५ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भइरहेको छ।

३२५ स्थानीय तहको अन्तिम नजिता सार्वजनिक हुँदा एमालेले एकसय स्थानीय तहमा जित निकालेको छ। कांग्रेस एमालेको भन्दा ४० वटा बढी स्थानीय तहमा विजयी भएको छ। कांग्रेसले अहिलेसम्म एक सय ४० स्थानीय तह जितेको छ।

अग्रता पनि कांग्रेसकै बढी छ। कांग्रेस मतगणना चलिरहेका १७० स्थानीय तहमा अगाडि छ भने एमाले १०१ स्थानीय तहमा अगाडि छ। 

अहिलेसम्म ७० स्थानीय तह जितेको माओवादी केन्द्र ४६ स्थानीय तहमा अगाडि छ। 

चार स्थानीय तहमा विजयी भएको नेकपा एकीकृत समाजवादी १७ पालिकामा अगाडि छ भने ३ स्थानीय तहमा विजयी भएको जसपा २९ स्थानीय तहमा अघि छ।

त्यसैगरी स्वतन्त्र उम्मेदवारले अहिलेसम्म ४ स्थानीय तह जितेका छन्। मतगणना चलिरहेको कैलालीको धनगढी उपमहानगरपालिका, महोत्तरीको बर्दिबास नगरपालिकासहितका केही स्थानीय तहमा स्वतन्त्र उम्मेदवार अघि छन्।

अहिलेसम्म एउटा पनि स्थानीय तह जित्न नसकेको लोसपा मतगणना चलिरहेका तराई मधेशका १० स्थानीय तहमा अगाडि छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .