ad ad

निर्वाचन विशेष


डिल्लीबजारको प्रारम्भिक नतिजा : बालेनभन्दा सिर्जना अगाडि, केशव तेस्रो

डिल्लीबजारको प्रारम्भिक नतिजा : बालेनभन्दा सिर्जना अगाडि, केशव तेस्रो

नेपालखबर
जेठ ३, २०७९ मंगलबार १८:०, काठमाडौँ

काठमाडौँको डिल्लीबजार क्षेत्रको मतगणनामा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहलाई पछि पारेकी छन्। 

काठमाडौँ महानगरपालिका– २९ मा पर्ने डिल्लीबजारको मत गणनाको सुरुवाती मतपरिणाममा उनले शाहलाई १ मतले पछि पारेकी हुन्। 

डिल्लीबजारका विजय मेमोरियल र पद्मकन्या मतदान स्थलमा खसेका मतपत्रहरुको गणना भइरहेको छ। 

पहिलो १०० मतको गणना हुँदा सिर्जनाले ३३ मत पाएकी छन्। स्वतन्त्र उम्मेदवार शाहले ३२ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १० मत प्राप्त गरेका छन्। 

मतपरिणामअनुसार यहाँ महानगर उपप्रमुखकी एमाले उम्मेदवार सुनिता डंगोलले २१, नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १७ र स्वतन्त्रतर्फ लौरो चुनाव चिन्ह भएका उम्मेदवारले ४ मत प्राप्त गरेका छन्।

राप्रपाका महानगर प्रमुखका उम्मेदवार मदनदास श्रेष्ठले १ मत पाउँदा उपप्रमुख उम्मेदवारले ११ मत पाएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .