एमाले सचिव लेखराज भट्टको क्षेत्र कैलालीको गोदावरी नगरपालिकामा मतगणना कार्य स्थगित भएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यकक्षमा स्वस्तिक छाप फेला परेपछि मतगणना कार्य स्थगित भएको हो।
निर्वाचन अधिकृत राजेन्द्र भण्डारीको कार्यकक्षमा मतपत्रमा लगाउने स्वस्तिक छाप भेटिएपछि नेकपा एमालेका प्रतिनिधिहरुले विरोध गरेका थिए।
एमालेका नेता तथा कार्यकर्ताले चुनावमा धाँधली गर्ने उद्देश्यसहित स्वस्तिक छाप निर्वाचन अधिकृतको कार्यालयमा फेला परेको भन्दै विरोध जनाएका हुन।
गोदावरीमा कांग्रेसले अग्रता लिइरहेको छ भने एमाले दोस्रो स्थानमा छ।
198
Shares
प्रतिक्रिया