ad ad

निर्वाचन विशेष


विवेकशील साझाले वडामा खाता खाेल्याे

विवेकशील साझाले वडामा खाता खाेल्याे

नेपालखबर
जेठ ३, २०७९ मंगलबार २२:५७, काठमाडौँ

रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टी बारास्थित फेटा गाउँपालिकाको एउटा वडामा निर्वाचित भएको छ। अमीर हमजा ठकुराई फेटा गाउँपालिका वडा नं ६ को वडाध्यक्षमा निर्वाचित भएका छन्। 

ठकुराईले ५९१ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका जाकिर हुसेन मियाँले ४५७ मत पाए। वडासदस्यमा पनि विवेकशील साझाकै कुद्रत मिया, लालबाबु मियाँ ठकुराई र महिला सदस्यमा कलिमा खातुन निर्वाचित भइन्। 

वडाको दलित महिला सदस्यमा भने कसैको पनि उम्मेदवारी परेन। वडा नं ७ मा भने विवेकशील साझाका उम्मेदवार झिनो मतान्तरमा पराजित भए। 

२०७४ सालको निर्वाचनमा आकर्षक मत ल्याएर उपत्यकाकै पालिकामा चर्चा बटुलेको विवेकशील साझा यसपटक भने कमजोर देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .