ad ad

निर्वाचन विशेष


वैदेशिक रोजगार व्यवसायी कमल तामाङ सुनकोसी गाउँपालिका अध्यक्षमा निर्वाचित

वैदेशिक रोजगार व्यवसायी कमल तामाङ सुनकोसी गाउँपालिका अध्यक्षमा निर्वाचित

नेपालखबर
जेठ ३, २०७९ मंगलबार २३:२९, काठमाडौँ

वैदेशिक रोजगार व्यवसायी कमल तामाङ ओखलढुंगाको सुनकोसी गाउँपालिका  अध्यक्षमा निर्वाचित भएका छन्।

उनी नेपाली कांग्रेसबाट पालिका अध्यक्षमा उम्मेदवार बनेका थिए। 

तामाङ ५ हजार ३९९ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी एमालेका इन्द्रबहादुर खड्काले ४ हजार १७४ मत ल्याए। सुनकोसी गाउँपालिकाको उपाध्यक्षमा पनि कांग्रेसकै सुनिता अधिकारी निर्वाचित भएकी छन्। 

सुनिताले ५ हजार १२५ मत ल्याउँदै एमालेकी सरस्वती कार्की, पौडेललाई पछि पारिन्। कार्कीले ४ हजार १८८ मत पाइन्।

म्यानपावर कम्पनी हिमाअरब ओभरसिजका प्रबन्ध निर्देशक तामाङ वैदेशिक रोजगार व्यवसायी संघको निवर्तमान प्रथम उपाध्यक्ष पनि हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .