ad ad

निर्वाचन विशेष


ओलीको गृह नगर दमकमा १५ मतले राप्रपा अगाडि

ओलीको गृह नगर दमकमा १५ मतले राप्रपा अगाडि

नेपालखबर
जेठ ४, २०७९ बुधबार ७:२३, काठमाडौँ

नेकपा (एमाले)का अध्यक्ष केपी ओलीको गृह नगर झापाको दमकमा प्रमख पदमा रोमाञ्चक प्रतिस्पर्धा चलिरहेको छ। 

दमकमा जारी मत गणनामा कहिले एमालेका उम्मेदवार अगाडि त कहिले गठबन्धनका उम्मेदवार अगाडि हुने क्रम चलिरहेको छ। 

वडा नम्बर १, २, ३, ८, ९ र १० को मत परिणाम सार्वजनिक हुँदा अहिले गठबन्धनका उम्मेदवार राम थापा मेयर पदमा १५ मतले मात्रै अघि भएका छन्।
 

उनले १० हजार ६४ मत पाउँदा एमालेकी गीता अधिकारीले १० हजार ४७ मत प्राप्त गरेकी छन्।

 

०७४ को अंकगणित 
केपी ओलीको गृहनगर दमकमा नेकपा एमालेका तर्फबाट मेयरमा गीता पौडेल अधिकारी उठेकी छिन् । उनको प्रतिद्वन्द्वीका रुपमा काँग्रेस–माओवादीको गठबन्धनले साझा उम्मेदवारका रुपमा राप्रपा नेता राम थापालाई मेयरमा उठाएको छ । 
अघिल्लो चुनावमा एमालेका रोमनाथ ओलीले १० हजार ८०६ मत ल्याएका थिए भने राप्रपाका राम थापाले ७ हजार ६ सय ५५ मत पाएका थिए । अहिले ६८ सय मत ल्याउने माओवादी र ५५ सय मत ल्याउने काँग्रेसले मेयरमा उनै राम थापालाई सघाएको छ । 
राप्रपाले ०७४ मा यहाँका १० वटा वडामध्ये वडा नम्बर १ र वडा नम्बर ७ मा जितेको थियो । बाँकी आठै वडा एमालेले जितेको थियो । वडा नम्बर ७ मा एकजना दलित महिला सदस्य पनि राप्रपाले राप्रपाले जितेको थियो ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .