ad ad

निर्वाचन विशेष


राजेन्द्र महतोको गृहपालिकामा कांग्रेस र माओवादी केन्द्रका उम्मेदवार विजयी

राजेन्द्र महतोको गृहपालिकामा कांग्रेस र माओवादी केन्द्रका उम्मेदवार विजयी

नेपालखबर
जेठ ४, २०७९ बुधबार १३:५६, जनकपुरधाम

सर्लाहीको चन्द्रनगर गाउँपालिकाको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।

गाउँपालिका अध्यक्षमा कांग्रेसका राजकुमार महतो निर्वाचित भएका हुन्।

उनले ३ हजार ९९५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका लोकेन्द्र मुखियाले ३ हजार ५३६ मत प्राप्त गरेका छन्।

गाउँपालिकाको उपाध्यक्षमा भने माओवादी केन्द्रकी गीता देवी महतो निर्वाचित भएकी छन्। ३ हजार ८६० मत ल्याएर गीता देवी उपाध्यक्षमा विजयी हुँदा कांग्रेसकी मंजु देवीले २ हजार ९५८ मत पाएकी छन्। 

यो पालिका लोसपाका बरिष्ठ नेता राजेन्द्र महताको गृह नगर हो। उनको घर रहेको वडा नं.२ ववरगंजमा समेत काँग्रेसले वडाध्यक्ष जितेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .