ad ad

निर्वाचन विशेष


कञ्चनपुरमा मतदान भाँडिएपछि जुरेको ‘कांग्रेस-एमाले’ गठबन्धन

कञ्चनपुरमा मतदान भाँडिएपछि जुरेको ‘कांग्रेस-एमाले’ गठबन्धन

गोकुल जोशी
जेठ ४, २०७९ बुधबार १४:३३, कञ्चनपुर

पुनर्वास नगरपालिका वडा नम्बर १० मा माओवादी केन्द्र प्यानल सहित विजयी भएको छ। माओवादीका अध्यक्षका उम्मेदवार शुक्रदेव राना ८४३ मत सहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका धिरेन्द्र प्रसाद भट्टले ७७६ मत मात्रै पाउन सके। यस्तै, राप्रपाका रतन बहादुर मल्ल २७७ मतमा रोकिए।

३० वैशाखमा स्थानीय तह निर्वाचनको मतदानका क्रम यो वडामा फर्जी मत हालेको पाइएपछि विवाद हुँदा मतदान रोकिएको थियो। त्यसपछि मंगलबार मात्रै पुनर्वास–१० मा मतदान सम्पन्न भएको थियो।

चार दिनसम्म चुनाव रोकिएपछि माओवादीको वर्चश्व रहेको यो वडामा राजनीतिक समीकरण नै फेरियो। सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमाले स्थानीय नेताहरुले अध्यक्षमा कांग्रेसका भट्टलाई सहयोग गर्ने सहमति गरेका थिए।

‘३० गतेसम्म त्यस्तो थिएन, चुनाव रोकिएपछि अध्यक्षमा कांग्रेसलाई सघाउने केही साथीहरुबीच भित्री समझदारी बनेको रहेछ,’ पुनर्वासका एक नेताले भने, ‘सदस्यहरुमा एमालेका उम्मेदरवालाई भोट आएका छन्, अध्यक्षमा कांग्रेसतिर गएका छन्।’

उनको यो दाबीमा वडा नम्बर १० को सार्वजनिक अन्तिम परिणामले पनि बल पुर्याएको छ। एमालेका अध्यक्षका उम्मेदवार रामबहादुर थापा ७१ मतसहित पुछारमा परेका छन्।

यस्तो अवस्थामा एमालेका सदस्यका उम्मेदवारले कांग्रेसका अध्यक्षका प्रत्याशीको हाराहारीको मत ल्याएका छन् भने कांग्रेसका सदस्यका उम्मेदवार पुछारमा पुगेका छन्।

सदस्यमा विजयी भएका माओवादीका कृष्ण दमाई ७९५ र पदमराज उपाध्यायले ७६१ मत ल्याएका छन्।

सदस्यमा एमालेका खडक बहादुर बडायकले ६४१ र रति विष्ट ६३५ मत ल्याए। राप्रपाका टेकराज राना २५६ र चन्द्र सिंह धामीले २४८ मत ल्याउँदा कांग्रेसका दलबहादुर बिष्टले २४२ र राजेन्द्र रानाले २१२ मत मात्रै प्राप्त गरे।

अन्य सदस्यका उम्मेदवारमा पनि यही क्रमको मत छ। महिला सदस्यमा विजयी माओवादीकी नैनमती चौधरीले ८२३ मत प्राप्त गरेकी छन्।

एमालेकी महिला सदस्यकी उम्मेदवार मायादेवी खड्काले ६०९ मत प्राप्त गरेकी थिइन्। यस्तै, दलित महिला सदस्यमा माओवादीकी कोपिला विक ८१७ मत सहित विजयी हुँदा उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी पुनी भुलले ६४६ मत ल्याइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .