ad ad

निर्वाचन विशेष


धरानको मतगणनास्थलमा तनाव भएपछि सेना खटाइयो

धरानको मतगणनास्थलमा तनाव भएपछि सेना खटाइयो

धरानको मतगणनास्थलमा खटिएका सेना। तस्बिर : रमेश हतुवाली


नेपालखबर
जेठ ४, २०७९ बुधबार १७:४६, काठमाडौँ

धरान उप–महानगरपालिकाको मतगणनास्थलमा तनाव भएपछि सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना समेत परिचालन गरिएको छ।

वडा नम्बर २० को गणना हुने क्रममा १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नपाइएपछि नेकपा माओवादी केन्द्रका कार्यकर्ताले आन्दोलन सुरु गरेका थिए।

माओवादी कार्यकर्ताले हस्ताक्षर नभए पनि जनताले दिएको मतलाई सदर गरेर जानुपर्ने भन्दै मतगणनास्थलमा नाराबाजी गरेका थिए।

तनाव बढ्दै गएपछि निर्वाचन अधिकृतको कार्यालयको आग्रहमा सुरक्षाका लागि मतगणनास्थलामा सेना परिचालन गरिको हो। 

हस्ताक्षर नभएका मतपत्र नेकपा माओवादीको ११ वटा, नेपाली कांग्रेसको ४ वटा र नेकपा एमालेको चुनाव चिह्नमा छाप लागेका ३ भेटिएका थिए। 

माओवादीको विरोधपछि  मतगणना स्थगित भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक गजेन्द्र रायले जानकारी दिए। 

विरोध र नाराबाजीका कारण मतगणना अगाडि बढाउन नसकेकाले अहिले धरानको सबै वडाको मतगणना स्थगित भएको सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .