ad ad

निर्वाचन विशेष


पोखरामा धनराजले कृष्णलाई दुई हजार मतले पछि पारे

पोखरामा धनराजले कृष्णलाई दुई हजार मतले पछि पारे

नेपालखबर
जेठ ४, २०७९ बुधबार १८:३७, काठमाडौँ

स्थानीय तहको निर्वाचनमा पोखरा महानगर पालिकाको प्रमुखका दावेदार गठबन्धनका उम्मेदवार धनराज आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई २ हजार ३२ मतले पछी पारेका छन्। 

बुधबार साँझ ६ बजेसम्म गरिएको मत गणनामा गठबन्धनका उम्मेदवार आचार्यले अग्रता कायम गरिराखेका छन्। 

पोखरा महानगरपालिकामा गणना गरिएको ४१ हजार ४२३ मतमा आचार्यले १७ हजार २४२ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी एमालेका थापाले १५ हजार २१० मत ल्याएका छन्। 

प्रमुख पदकै दावेदार राप्रपा नेपालका उम्मेदवार शंकर खरालले १६ सय ९८ मत ल्याएका छन्। 

उपमेयर पदका लागि भने गठबन्धनकै उम्मेदवार नेपाली कांग्रेसकी कोपिला रानाभाटले १७ हजार ४४३ मत ल्याएकी छन्। रानाभाटलाई एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले १७ हजार ३४१ मतसहित पछ्याइरहेकी छन्। 

उपमेयरमा गुरुङले रानाभाटसँगको मतान्तर घटाएकी छिन्। गुरुङ, रानाभाट भन्दा १ सय २ मतले मात्र पछी छिन्। उपमेयरमा राप्रपा नेपालकी उम्मेदवारले १४ सय ७२ मत ल्याएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .