ad ad

निर्वाचन विशेष


भरतपुरमा रेनुलाई २१ सय ९८ मतको अग्रता

भरतपुरमा रेनुलाई २१ सय ९८ मतको अग्रता

नेपालखबर
जेठ ४, २०७९ बुधबार १९:९, काठमाडौँ

चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता बनाएकी छन् 

बुधबार साँझ पौने ७ बजेसम्मको परिणाम अनुसार उनले ११ हजार ७१७ मत ल्याउँदै नेकपा एमालेका विजय सुवेदीसँग २१ सय ९८ मतको अग्रता बनाएकी हु्न्। 

महानगरपालिकाको वडा न ७ र ८ मा मत गनिरहँदा रेनुको अग्रता फराकिलो भएको हो। त्यहाँ अहिलेसम्म ३१ हजार ६९३ मत गनिएको छ।

अहिलेसम्म एमालेका विजय सुवेदीले ९ हजार ५१८ मत ल्याएका छन्। उता नेपाली कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ५१ सय ४७ मत ल्याएका छन्।

मेयर
रेनु दाहाल, हँसिया हथौडा- ११७१६

विजय सुवेदी, सूर्य-९५१८
जगन्नाथ पौडेल, कटहर-५१४७

उपमेयर
चित्रसेन अधिकारी, रूख-१३८९१
हिमला गुरूङ, हलो-७७२८
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .