ad ad

निर्वाचन विशेष


एमाले उपमहासचिव पृथ्वीसुब्बाको गाउँ एमालेमय

एमाले उपमहासचिव पृथ्वीसुब्बाको गाउँ एमालेमय

नेपालखबर
जेठ ४, २०७९ बुधबार २१:५६, काठमाडौँ

लमजुङको क्लोंलासोथर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित सबै वडामा एमाले विजयी बनेको छ।

क्लोंलासोथर एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङको गाउँ हो। यसअघि सो गाउँपालिकाको अध्यक्षमा प्रेम घले र उपाध्यक्ष कुमारी मुनी गुरुङ रहेका थिए।

कुमारी मुनी पृथ्वीसुब्बाकी धर्मपत्नी हुन्।

प्रसिद्ध पर्यटकीय क्षेत्र घलेगाउँ पनि सोही पालिकामा पर्छ। प्रेम घलेले गाउँपालिका अध्यक्ष नदोहोर्याउने घोषणा गरेपछि कुमारी मुनीले पनि अध्यक्षमा अघि बढ्न चासो देखाइनन्।

त्यो अवस्थामा आफ्नो जन्मथलोको अध्यक्षको रुपमा पृथ्वीसुब्बाले विश्वासपात्र सूर्यबहादुर गुरुङलाई अघि सारे। पृथ्वीसुब्बा मुख्यमन्त्री हुँदा सूर्य उनको स्वकीय सचिव थिए।

उपाध्यक्षमा गनिमाया गुरुङ उम्मेदवार बनिन्। एमालेको गढ भनेर चिनिने सो क्षेत्रमा उनीहरुले क्रमशः कांग्रेसका टेक गुरुङ र सिर्जना गुरुङलाई हराए।

पृथ्वीसुब्बा स्वयं चुनाव अवधिभर त्यहीँ थिए। चुनाव नजिते पनि यो पटक सो क्षेत्रमा कांग्रेसले प्रगति भने गरेको छ।

शिक्षित युवा टेकबहादुर गुरुङले चुनावमा लोकप्रिय मत हासिल गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .