ad ad

निर्वाचन विशेष


भरतपुर : रेनुकाे अग्रता २३०० नाघ्याे

भरतपुर : रेनुकाे अग्रता २३०० नाघ्याे

नेपालखबर
जेठ ४, २०७९ बुधबार २२:९, काठमाडौँ

चितवनको भरतपुर महानगरपालिका गठबन्धनकी उम्मेदवार रेनु दाहाललले अग्रता बढाउँदै लगेकी छन्।

३३ हजार १ सय ८९ मत गणना भइसक्दा रेनुले १२ हजार ३ सय ५२ मत पाएकी छन्।

नेकपा एमालेका उम्मेदवार ९ हजार ९ सय ६७ मत पाए। रेनु र विजयबीचको अन्तर २ हजार ३ सय ८५ छ।

रेनुको बागी उम्मेदवार जगन्नाथ पौडेलले ५ हजार ३ सय ५५ पाएका छन्। अहिले वडा नम्बर ७ को मतगणना सकेर वडा ८ को भइरहेको छ।

यसैगरी उपप्रमुखमा पनि गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीले फराकिलो अन्तर बनाएका छन्।

१४ हजार ६ सय ११ मत ल्याउँदा एमाले–राप्रपा गठबन्धनका उम्मेदवार हिमला गुरुङले ८ हजार ७४ मत ल्याइन।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .