ad ad

निर्वाचन विशेष


प्रभु साहकी श्रीमती रिना गठबन्धनलाई हराउँदै फेरि मेयरमा निर्वाचित

प्रभु साहकी श्रीमती रिना गठबन्धनलाई हराउँदै फेरि मेयरमा निर्वाचित

नेपालखबर
जेठ ४, २०७९ बुधबार २२:१५, काठमाडौँ

रौतहटको मौलापुर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ। एमाले नगरपालिकाको प्रमुख र उपप्रमुखमा विजयी भएको हो। 

रिनाकुमारी साह नेकपा एकीकृत माओवादीका रामप्रवेश राय यादवलाई पराजित गर्दै नगर प्रमुखमा विजयी भएकी छन्। 

उनले ५ हजार ५६४ मत ल्याउँदा यादवले ३ हजार ६३ मत पाएका छन्। यस्तै उपप्रमुखमा एमालेकै नगेन्द्रप्रसाद यादव विजयी भएका छन्। 

उनले ४ हजार ९१४ मत पाएका छन्। कुल ९ वडा रहेको मौलापुरमा एमाले एक्लैले ६ वडा जितेको छ। 

मौलापुरमा नेकपा एकीकृत समाजवादीले १ र माओवादी केन्द्रले १ वडाध्यक्ष जितेको छ। 

मौलापुर नगर प्रमुखमा निर्वाचित रिना एमाले नेता प्रभु साहकी श्रीमती हुन्। उनी यसअघि पनि नगर प्रमुख थिइन्। प्रभु एमालेमा लागेपछि माओवादीले रिनालाई कारवाही गरेको थियो। 

तर, यो निर्वाचनमा उनी माओवादीलाई नै पराजित गरेर पुनः नगर प्रमुख बनेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .