ad ad

निर्वाचन विशेष


घोराही उपमहानगरमा सत्ता गठबन्धन पराजित, एमालेका नरुलाल विजयी

घोराही उपमहानगरमा सत्ता गठबन्धन पराजित, एमालेका नरुलाल विजयी

नेपालखबर
जेठ ५, २०७९ बिहिबार ७:४८, काठमाडौँ

दाङको घोराही उपमहानगरपालिकामा सत्ता गठबन्धनलाई पराजित गर्दै एमालेका नरुलाल चौधरी प्रमुखमा विजयी भएका छन्। 

उपमेयरमा पनि एमालेकै हुमा डिसी निर्वाचित भएकी छन्। 

चौधरीले गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्मा (डायमण्ड)लाई ५ हजार ३६० मतान्तरले पराजित गरेका छन्।

मेयरमा निर्वाचित चौधरीले ३१ हजार ७२८ मत प्राप्त गर्दा शर्माले २६ हजार ३६८ मत ल्याए। ०७४ को निर्वाचनमा पनि उनी काँग्रेका भुपबहादुर डाँगी लाई हराउदै विजय भएका थिए।

डाँगी अहिले उपमेयरमा एमालेकी डिसीसँग ४९ मतले पराजित भएका छन्। 

डिसीले ३० हजार ४०३ मत प्राप्त गर्दा डाँगीले ३० हजार ३५४ मत प्राप्त गरेका छन्। पाँच दलिय गठबन्धनलाई हराउँदै नेकपा एमाले नगरप्रमुख र उपप्रमुखसहित १३ वटा वडामा विजयी भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .