निर्वाचन विशेष


मधेश प्रदेशमा दोश्रो महिला मेयरमा निर्वाचित

मधेश प्रदेशमा दोश्रो महिला मेयरमा निर्वाचित

शैलेन्द्र महतो
जेठ ५, २०७९ बिहिबार १२:५७, जनकपुरधाम

मधेश प्रदेशमा दोश्रो महिला मेयरमा निर्वाचित भएका छन्। 

सप्तरीको सुरूङ्गा नगरपालिकाको मेयरमा गीता चौधरी निर्वाचित भएकी छन्। 

कांग्रेसकी उम्मेदवार चौधरी ३ हजार बढी मतान्तरले नेकपा एकीकृत समाजवादीका रामनारायण चौधरीलाई पराजित गर्दै विजयी भएकी हुन्। 

गीताले ७ हजार २९२ मत ल्याएर विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका रामनारायण चौधरीले ४ हजार, ११७ मत मात्र ल्याउन सके। 

तेश्रो नम्बरमा जनता समाजवादीका साबीर अलीले ३ हजार ६६८ मत मात्र ल्याए।

यस्तै उपमेयरमा कांग्रेसकै रुद्रबहादुर कार्की निर्वाचित भएका छन्। उनले ६ हजार २७५ मत ल्याएका छन् । एमालेकी सलीम कुमारी पासवानले २ हजार १०३ मत मात्र ल्याउन सकिन्। 

तेश्रो नम्बरमा माओवादी केन्द्रका शिव कुमार रामले २ हजार ४६७ मत ल्याएका छन्। 

गीता चौधरी मेयरमा निर्वाचित भएसँगै मधेश प्रदेशमा दुईजना महिला मेयर भएका छन्। 

रौतहटको मौलापुर नगरपालिकामा नेकपा एमालेबाट रिनाकुमारी साह फेरि निर्वाचित भएकी छन्। 

उनी एमाले नेता प्रभु साहकी श्रीमती हुन्। यस घि २०७४ को निर्वाचनमा साह माओवादी केन्द्रबाट मेयरमा निर्वाचित भएकी थिइन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .