ad ad

निर्वाचन विशेष


बुटवलमा एउटा मतपेटिका शिल तोडिएको भेटियो

स्वस्तिक छाप पनि भेटिएपछि गणना रोकियो
बुटवलमा एउटा मतपेटिका शिल तोडिएको भेटियो

नेपालखबर
जेठ ५, २०७९ बिहिबार १३:२२, बुटवल

बुटवल उपमहानगरपालिका वडा नम्बर ११ को एउटा मतपेटिका शिल तोडिएको अवस्थामा भेटिएपछि विवाद भएको छ।

लुम्बिनी वाणिज्य क्याम्पस केन्द्र (च) २ नं. मत पेटिकाको एउटा शिल खोलिएको भेटिएको हो।

यो मतपेटिका सँगै स्वस्तिक छाप पनि भेटिएपछि मतगणना अहिले त्यहाँ मतपेटिका रोकिएको छ। 

उपमहानगरका अन्य वडाहरू ८ , ९  र १० मा मतगणना जारी रहेको छ। 

बुटवलमा नेपाली कांग्रेसले मेयरमा अग्रता बनाइरहेको छ। उपमेयरमा एमाले अगाडि छ। 

वडा नम्बर ११ नगरपालिका सबैभन्दा धेरै मतदाता भएको ठाउँ हो। विवादपछि सर्वदलीय बैठक राख्ने तयारी भएको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .